BREAKING NEWS

Monday, January 4, 2016

पोखरा अन्तराष्ट्रिय चिडियाँ घर निर्माणको काम चाडै हुने


भीमपाणि  बराल
लेखनाथ,२०पुस।
पोखराको युनाईटेड क्लवले लेखनाथको पचभैयामा निर्माण गर्ने लागेको अन्तराष्ट्रिय चिडिया घरको कामलाई जति सक्दो चाडो अगाडी बढाइने भएको छ।

चिडिया घर निर्माण समितिका पदाधिकारी,सामुदायिक बनका प्रतिनिधी तथा राजनितिक दल ,संचारकर्मी र लेखनाथ नगरपालिकाका प्रतिनिधिहरुको टोलीले हेटौडाको सहिद स्मारक र बुटबलको बन विहार तथा अनुसन्धान केन्द्रको अवालोकन गरे पछि भ्रमणका सहभागीहरुले निर्माण कार्यलाई जति सक्दो चाडो अगाडी वढाउने सुझाव दिएका हुन्।

दुई दिनको अध्यान अवलोक भ्रमणमा निस्कीएको टोलीले निर्माण समितिका संयोजक हिमालय बख्रेललाई समितिसग भएको  रकमले गुरुयोजना सहितको कामलाई अगाडी वढाउदै सहयोगी दाताको खोजी गर्दै अगाडी वढ्नु पर्ने सुझाव दिएका थिए।

भ्रमण टोलीले हेटौडामा रहेको सहिद स्मारक पार्क ,रुपन्देहिमा रहेको संरक्षण बन बिहार तथा अनुसन्धान केन्द्र र बुटबलमा रहेको श्रीमणि मुकुन्द सेन पार्कको र चिडिया घरको अवलोकन तथा अनुभवका आधारमा लेखनाथमा निर्माण हुन लागेको अन्तराष्ट्रिय चिडिया घरको कामलाई जति सक्दो चाडो अगाडी वढाउने निधो गरेको हो।

चिडिया घर निर्माण समितिले लेखनाथ नगर पालिकाको बडा नं ११ पचभैयामा रहेका चयनपुर ,पचभैयाँ र चायाँपानी सामुदायिक वनको करिब एक सय ३४ हेक्टर जमिनमा अन्तराष्ट्रिय स्तरको खुल्ला चिडिया घर निर्माणमा लागि गुरुयोजना सहित सिलन्यासको काम गरिसकेको छ।

भ्रमण टोलीले दिएको सुझाव अनुसार निर्माण समितिले पहिलो चरणमा ठाउको पहिचान गरि पुर्बाधार खडा गर्ने,पार्क तथा बनभोज स्थल र सिमाङ्कनलाई प्रथाामिकतामा राखेर कामलाई अगाडी वढाउने भएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .