BREAKING NEWS

Tuesday, January 19, 2016

आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लबको बिजयी शुरुवात


पोखरा, ५ माघ/आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लबले बिजयी शुरुवात गरेको छ । पोखरामा मंगलबारदेखि शुरु भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लबलाई ३–० गोलले हराउँदै सहाराले बिजयी शुरुवात गरेको हो ।
सहाराले पहिलो हाफको छैटौं मिनेटमै अफ्रिकन खेलाडी एल्विसको गोलमा अग्रता लिएको थियो । त्यसपछि ५२ औं मिनेटमा जि माटिरियल र ६६ औं मिनेटमा सब्सटिच्यूट खेलाडी कमल थापाले गोल गर्दै सहारा क्लवको जित सुनिश्चित गरे । मंगलबारको खेलमा आयोजक सहारा क्लब पोखराका एल्विस म्यान अफ दी म्याच भए । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .