BREAKING NEWS

Wednesday, January 6, 2016

पोखरामा छैटौ जिसिईएस आईटी महोत्सव शुक्रवारदेखि

गोकुल बानियाँ, पोखरा २२ पुस । 
गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सको आयोजनामा शुक्रवारदेखि हुने आईटी महोत्सबको तयारी पूरा भएको छ ।
दुई दिन सम्म चल्ने महोत्सबको सरकारका प्रबक्ता एबं सुचना तथा सञ्चार प्रबिधि मन्त्री शेरधन राईले उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रव्यापी कलेज स्तरिय सफ्टवयर प्रतियोगिता, बिद्यालय स्तरीय वेव डिजाईन प्रतियोगिता, प्राविधिक विषयमा उच्च मावि स्तरीय निवन्ध लेखन प्रतियोगिता, विभिन्न सफ्टवयरको प्रर्दशनी लगायत रहने मुल आयोजक समितिका संयोजक अमिर बाँस्तोलाले जानकारी दिए ।
आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार राष्ट्रब्यापी कलेज स्तरिय सफ्टवयर प्रतियोगिताको लागि ९ वटा सफ्टवयर समावेश गरिएको र पहिलो हुनेलाई २० हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुनेलाई १० हजार र प्रोत्साहन स्वरुप अर्को एउटालाई ५ हजार रुपैया प्रदान गरिनेछ ।
त्यस्तै उच्च मावि स्तरिय निवन्ध लेखन प्रतियोगितामा पहिलो र दोस्रोलाई क्रमश ः तीन र दुई हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । बिद्यालय स्तरिय वेव डिजाईन प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार र दोस्रोलाई दुई हजार पाँच सय पुरस्कार प्रदान गरिनेछ ।
महोत्सबको अबसरमा कलेजका बिद्यार्थी वि।ाज भण्डारीले निर्माण गरेको ब्यट्रीबाट चल्ने साईकल ‘गंगारानी’ पनि सार्वजनिक गर्ने कार्यक्रम छ । महोत्सबमा मनोरन्जनात्मक कार्यक्रमलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सब सम्पन्न गर्न करिब चार लाख खर्च अनुमान गरिएको छ । कलेजले आफ्ना बिद्यार्थीद्धारा निर्मित बिभिन्न सुचना प्रबिधिलाई प्रचार प्रसार र प्रबद्र्धन गर्न विगत ६ बर्षदेखि महोत्सब गर्दै आएको छ ।
सुचना प्रबिधिको उपयोग, प्रयोग र आवश्यकता बारे जानकारी गराउदै सुचना प्रबिधिमा पहुँच हुने र नहुनेको खाडल पूरा गर्न महोत्सब सफल हुने विश्वास लिईएको छ ।
कलेजका प्राचार्य रवीप्रसाद वरालले पर्यटकिय शहर पोखरालाई डिजिटल प्रबिधियुक्त शहर बनाउन बिभिन्न निकायसँग सहकार्यका लागि आफुहरु तयार रहेको बताए । कलेजका जनशक्ति परिचालन गरी सुचनाप्रबिधि युक्त शहरको रुपमा पोखरालाई स्थापित गर्न कलेज सधै तयार रहेको उनले बताए ।
पोखराको लामाचौरमा रहेको गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्स नेपालकै पहिलो सुचना प्रबिधियुक्त कलेज हो । यो कलेजबाट प्रतिबर्ष २५ देखि ३० जना जनशक्ति सुचना प्रबिधिको क्षेत्रका लागि तयार हुन्छन् । तर यहाँबाट उत्पादित ९० प्रतिशत जनशक्ति विदेश पलायन भएका छन् ।
सुचना प्रबिधि शिक्षाको पढाई यहाँ पूरा नहुने भएपनि उनिहरु विदेशी विश्वबिद्यालय रोज्छन् र त्यहि बसेर काम गर्छन् । प्राचार्य बरालका अनुसार यो कलेजबाट उत्पादन भएका सफ्टवयर ईन्जिनियरले नेपालको आबश्यकता पूरा गर्न सक्नछन् । तर उनिहरुलाई स्वदेशमै टिकाएर राख्न सक्ने अबस्था रहेकाले उनिहरु विदेशिएका छन् । ‘यहाका बिद्यार्थी अमेरिका, वेलायतका विश्वबिद्यालयमा पुग्छन् र उनिहरुले त्यहि बसेर बनाएको सफ्टवयर नेपालले डलर तिरेर किन्नुपरेको छ । ’ बरालले भने । ‘गण्डकी कलेज एक्लैले नेपाललाई आवश्यक सफ्टवयर निर्माण गर्न सक्छ । ’ उनले थपे ।
पोखरा विश्वबिद्यालयबाट सफ्टवयर ईन्जिनियरिङमा मास्टर प्रोग्राम सञ्चालनको लागि सम्बन्धन प्राप्त भएपछि विदेश जाने बिद्यार्थीको संख्या घट्ने अपेक्षा गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .