BREAKING NEWS

Saturday, January 16, 2016

बह्मरुपा उच्च माविको ३६ र्औ बार्षिकोत्सव सम्पन्न

File photo from 35th anniversary.
लेखनाथ,२ पुस।
लेखनाथ–१३, राजाको चौतारामा रहेको  ब्रह्मरुपा उच्च मा.वि.को ३६ औं वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद यज्ञबहादुर थापाले शिक्षाको विकासका लागि राज्यले ठुलो लगानी गरेको र राज्यको लगानीलाई मध्यनजर राख्दै वर्तमान आवश्यकताको प्राविधिक र सूचना प्रविधिको शिक्षालाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनले समयको माग अनुसार विद्यार्थीहरुलाई व्यवहारीक शिक्षावाट अगाडी वढाउदै कास्की जिल्लाकै उत्कृष्ट विद्यालय वनाउनका लागि यहाँ रहेका शिक्षक र अभिभावकले गहन भुमिका निर्वाह गर्नु पर्छ जसको सहयोगका लागि आफ्नो तर्फवाट पनि पहल हुने धारणा राखेका थिए ।
सोही अवसरमा सांसद थापाले विद्यार्थीहरुलाई सूचना र प्रविधिको ज्ञान दिने उद्देश्यले स्थापना गरीएको कास्की जिल्लाकै नमूना र पहिलो विद्युतिय पुस्तकालयको उद्घाटन समेत गरेका थिए ।  हाल विद्युतिय पुस्तकालयमा कक्षा दुई देखि कक्षा छ सम्मका विद्यार्थीहरुलाई पठन पाठन गरिदै आइरहेको छ भने आगामी दिनमा मा.वि. तह सम्मको कक्षा संन्चालन गर्ने लक्ष्य राखिएको छ ।
विद्युतिय पुस्तकालय स्थापनका लागि हेल्प नेपाल संस्थाले ११ ओटा कप्म्युटर सहयोग गरेको छ भने अन्य प्राविधिक सहयोग विद्यालयको आन्तरीक स्रोतवाट जुटाईको हो ।
वार्षिकोत्सव कै अवसर पारेर  विद्यालयले संचालन गरेको विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी समेत गरिएको थियो ।
कार्यक्रममा उच्च मा.वि.शिक्षा परिषद् कास्कीका प्रमुख अशोक न्यौपानले वर्तमान समयको आवश्यकता अनुसार यस विद्यालले प्राविधिक शिक्षालाई अगाडी वढाएको हुँदा शैक्षिक उन्नतीका लागि आफ्नो तर्फवाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेसवहादुर गुरुङ्को अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, विद्यालय निरिक्षक भोजराज न्यौपाने, नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्राध्यापक कृष्ण भण्डारी, नेकपा एमालेका लेखनाथ नगर कमिटिका सदस्य विष्णु वराल, नेपाल शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, अपाङग संघ लेखनाथका उपाध्यक्ष मोहन कुमार प्रधान, चन्द्र प्रभा उ.मा.वि.का प्रधानाध्यापक भोलानाथ पौडेल, भू.पू. प्र.अ. नन्द प्रसाद अधिकारी, गोपीराज वाग्ले, सम्पूर्ण अभिभावकको तर्फवाट हरीप्रसाद तिवारी र भू.पू. विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सञ्जयराज ढकाल लगायतले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सवैले आ–आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने कुरामा जोड दिएका थिए ।
विविध सांस्कृति कार्यक्रमका साथ गरीएको सो कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्याउनु हुने शिक्षक, जनार्दन सुवेदी, ढकवहादुर खड्का, , नवराज अधिकारी, मधूसूधन सापकोटा, तेजन अधिकारी, शिवराज तिवारी, भगवती पण्डित, लक्ष्मी तिवारी र अभिभावकको तर्फवाट यम वहादुर वि.क.लाई सम्मान गरीएको थियो  भने कम्प्युटर शिक्षामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल एक एक जना छात्र  छात्रालाई कम्प्युटर शिक्षक कविराज खनालले स्थापना गरेको कम्प्युटर शिक्षा पुरस्कार समेत प्रदान गरीएको थियो ।
विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले विद्यालयको शैक्षिक गतिविधि र भावि योजनकाबारेमा प्रकास पारेको सो कार्यक्रमको संचालन शिक्षक विश्वमोहन पौडेले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .