BREAKING NEWS

Sunday, January 10, 2016

वी.एम.जी. मा भू.पू. विद्यार्थी सम्मेलन


लेखनाथ २६पुस।
लेखनाथ १, सैनिकवस्ति स्थित वी.एम.जी. उच्च मा.वि.को भू.पू. विद्यार्थीहरुविच छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ । 
विस २०४७ सालमा स्थापना भएको विद्यालय २०७२ सालमा २५ वर्षमा प्रवेश गरेकोले यस शैक्षिक सत्रलाई रजत जयन्ती वर्षको रुपमा घोषणा गरि विविध कार्यक्रम गर्दै आएको छ । २०५७ सालबाट प्रवेशिका परीक्षामा विद्यार्थी सम्लग्न गराउँदै आएको यस विद्यालयबाट हालसम्ममा १५ व्याज विद्यार्थी प्रवेशिका उत्तीर्ण गरेका छन् । २०६५ सालबाट उच्च माद्यमिक विद्यालयको पठनपाठन सुरुवात गर्दै हालसम्म ५ व्याच विद्यार्थी +२ उत्तीर्ण गरी उच्च शिक्षाका लागि गएका छन् । विद्यालयले आगामी फाल्गुन पहिलो हप्ता रजत–जयन्ती महोत्सव मनाउँने र सो अवसरमा भू.पू. विद्यार्थी पूर्नमिलन एवम् सम्मान कार्यक्रम पनि राखेको छ । सो कार्यक्रमका तयारी स्वरुप प्रथम भू.पू. विद्यार्थी पूनर्मिलन कार्यक्रम आयोजना गरिएको थियो । 
विद्यालयको संस्थापक निर्देशक इन्दिरा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमले भू.पू. विद्यार्थी सौरभ पाठकको संयोजकत्वमा १५ व्याचका १५ सदस्यिय वी.एम.जी. भू.पू. विद्यार्थी समन्वय समिति गठन गरेको छ । सो समितिका अन्य सदस्यहरुमा सावित्री गुरुङ, अनिल ढुङ्गाना, सुश्मा रेग्मी, तुल बहादुर रामजाली, वीर माया गुरुङ, मनिशा गुरुङ, कविराम गुरुङ, मनोज गुरुङ, विजय ढेवाजु, गणेश भुजेल, टेक बहादुर सुनार, सुनिता पौडेल, सुजना गुरुङ रहेका छन् । उपस्थित विद्यार्थीहरुमाझ विद्यालयका प्राचार्य युवराज गुरुङ लगायत वि.व्य.स.सदस्य, पिताम्वर पोख्रेलले भू.पू. विद्याथीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।
 भू.पू. विद्याथीहरुका तर्फबाट अनिल ढुङ्गाना र सुश्मा रेग्मीले रजत–जयन्तीको पूर्वसन्ध्यामा आफूहरुलाई विद्यालयले सम्झीएकोमा खुसी व्यक्त गर्दै समन्वय समितिमा रहि आफ्नो जिम्मेबारी वहन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । विद्यालयका संस्थापक एवम् रजत–जयन्ती मूल समारोह समितिका संयोजक इन्दिरा गुरुङले सवै भू.पू.विद्यार्थीहरुलाई रजत–जयन्ती महोत्सवमा निमन्त्रणा गरेकी थिइन् । विद्यालयका सह–प्राचार्य घननाथ सापकोटाले स्वागत मन्तब्य राखी सुरुवात भएको कार्यक्रमको संचालन शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए ।   

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .