BREAKING NEWS

Sunday, January 17, 2016

विग आईकनमा उत्कृष्ट १५ प्रतिस्पर्धी छनौट


पोखरा ३ माघ ।
विग आईकनको यो सिजन अन्तरगत उत्कृष्ट १५ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । आइतबार उत्कृष्ट २० प्रतिस्पर्धीहरुबीच भएको प्रतिस्पर्धाबाट ५ जना प्रतिस्पर्धी बाहिरिएपछि विग आईकनमा १५ जना प्रतिस्पर्धीहरु बचेका हुन् ।

आईतबार भएको अडिसनबाट सुनील गुरुङ, सुवास गुरुङ, राम घर्तीमिरे, शक्तिकुमार श्रेष्ठ र निलम सुनार बाहिरिएको आयोजक विग एफएमले जनाएको छ । आगामी अडिसन मंगलबार न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने उसले बताएको छ । प्रतियोगिता अन्तरगत विग आईकनको यो सिजनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।

आईतबार भएको उत्कृष्ट १५ प्रतिस्पर्धी छनौट चरणमा गायकद्वय विवेक श्रेष्ठ र विनोद बाँनिया निर्णायकको रुपमा रहेका थिए । निर्णायकहरुका अनुसार प्रतियोगिता अगाडि बढ्दै जाँदा प्रतिस्पर्धीहरुबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यो पटक सबैजना निकै प्रतिभावान प्रतियोगी भएका कारण अगाडिका चरणमा प्रतिस्पर्धा अझै कडा हुने निश्चित रहेको निर्णायकहरुले बताएका छन् । विग आईकनको यो सिजनमा यी दुई निर्णायकसँगै श्यामसुङ तामाङ, कर्ण दास र संगीतकार सुनील थापा पनि निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .