BREAKING NEWS

Tuesday, January 26, 2016

झापा आहा ! रारा गोल्डकपको सेमिफाईनमा, पाहुना टोली ४-१ ले पराजित

गोकुल बानियाँ , पोखरा १२ माघ । झापा ११ पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाहुना टोली गजीर्चाट स्र्पोटीङ्ग क्लब बंगलादेशलाई ४—१ गोल अन्तरले हराउदै झापा अन्तिम चारमा प्रबेश गरेको हो ।

खेलको सातौ मिनेटमै कर्ण लिम्बुको गोलबाट अग्रता लिएको झापाले १५ औं मिनेटमा गणेश खड्काको गोलसँगै अग्रता दोब्बर बनायो । २८ औं मिनेटमा नरेन्द्र लिम्बुले झापाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा ३—० को अग्रता लिएको झापा बिरुद्ध दोस्रो हाफको खेल सुरु भएको तेस्रो अर्थात् ४८ औं मिनेटमा बंगलादेशको तर्फबाट मनिकले गोल फर्काए । तर लगातार दवावमा परेको बंगलादेशले ७४ औं मिनेटमा पुन अर्को गोल खायो । झापाको लागि कर्ण लिम्बुले ब्यक्तिगत दोस्रो गोल गरे ।

यो सँगै गजीर्चाट स्र्पोटीङ्ग क्लब पहिलो सहभागितामै घर फर्किन बाध्य भयो । आजको विजेता झापाले फाईनल प्रबेशको लागि माघ १४ गते मनाङमस्र्याङदी क्लब सँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलि आयोजक सहारा क्लब पोखरा र त्रिभुवन आर्मी क्लब बिच पहिलो सेमिफाईनल खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .