BREAKING NEWS

Saturday, January 16, 2016

लेखनाथ जेसिजको पदस्थापन


लेखनाथ, २ माघ। लेखनाथ
जेसिज र जुनियर जेसिज वर्ष–२०१६ का पदाधिकारीलाई शनिबार पदस्थापन तथा गोपनियताको सपथ गराइएको छ। लेखनाथ जेसिजका सन् २०१५ का अध्यक्ष विनोदप्रसाद लामिछानेले सन् २०१६ का अध्यक्ष अर्जुन ओझालाई पद तथा गोपनियताको सफथ गराएका थिए। यस्तै, जुनियर जेसिजका सन् २०१५ का
अध्यक्ष अनिल गौतमले सन् २०१६ का अध्यक्ष अर्जुन बस्नेतलाई सफथ गराएका हुन्। कार्यक्रममा कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले जेसिज अभियानलाई गाउँ–गाउँमा पु¥याउनु
पर्नेमा जोड दिँदै राष्ट्र निर्माणका लागि नेतृत्वदायी भूमिका निभाउनुपने बताएर्।  लेखनाथ नगरपालिकाका सामुदायिक शाखाका प्रमुख मिना भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा जेसिजका अध्यक्ष गोविन्द देवकोटा, नेपाल जेसिजका निरूपित उपाध्यक्ष सीता श्रेष्ठ, लेखनाथ जेसिजका पूर्व अध्यक्ष एलके शर्मा, हरिप्रसाद लामिछाले, शेखरनाथ शर्मा, नेत्रपाणी बास्तोला, सुरजजंग राणा, नबीन बास्तोला र ऋषिराम जमरकट्टेललगायतले बोलेका थिए। लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक रामचन्द्र गौतमले धन्यवाद र रोशन अधिकारीले स्वागत तथा सचिव सन्दीप ढुङ्गानाले सञ्चालन गरेका थिए। सोही अवसरमा दिननाथ अवार्डबाट उत्तर श्रेष्ठ र अमृता सम्मेलन अवार्डबाट लक्ष्मण बास्तोलालाई सम्मान गरिएको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .