BREAKING NEWS

Tuesday, January 26, 2016

“अनेरास्ववियु नयाँ नेपाल निर्माणको मुल आधार हो ।”

“परिश्रमी र प्राज्ञिक जनशक्ति विकास राष्ट्र निर्माणको आधार, सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन, अनेरास्ववियु सरोकार” भन्ने मुल नारा सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आफ्नो २२औं महाधिबेशन गणतान्त्रिक नेपाल पछिको प्रथम चरणमा उपस्थित हुदैछ । यस 
महाधिवेशन बाट संगठनले विगतको उपस्थितिलाई समिक्षा गर्दै गणतान्त्रिक नेपालको भविस्य निर्माण र आम नेपाली विद्यार्थीको शैक्षिक स्तरोन्नति र ब्यक्तित्व विकास तर्फ आफ्नो कार्यदिशा निर्माण गर्ने विन्दुमा पुगेको छ । 

५० बर्षे लामो गर्भिलो इतिहास रचेको संगठन नेपालको सम्पूर्ण ऐतिहासिक परिवर्तन र घटनाक्रमहरुमा उपस्थित र साक्षी बन्दै आएको छ । समयसापेक्षित नेपाली समाजलाई सकारात्मक बाटोतर्फ डोहो¥याउन सफल यो संगठन नेपाली विद्यार्थीको ढुकढुकी र भरपर्दो सहयात्री बन्दै आएको छ । बीस लाख भन्दा बढि नेपाली बिद्यार्थीहरुको समर्थन पाएको यस संगठन देशलाई हरेक क्षेत्रबाट सहयोग पु¥याउदै आएको छ । 

देशको शैक्षिक स्तरलाई वैज्ञानिक र परिवर्तनको आधारशिला बनाउन अनेरास्ववियु सदैव आफ्नो नीति र विधानलाई बलियो बनाउदै देश बिकासको एक संवाहकका रुपमा स्थापित देशको दोस्रो ठूलो राजनैतिक पार्टी ने.क.पा. एमालेको भातृसंगठन अनेरास्ववियु अध्ययनशिल र समय सापेक्षित बिचार राख्ने नेता उत्पादनको मुल प्रवाहमा रहेको छ। देशको राजनैतिक, भौगोलिक, सांस्कृतिक र आर्थिक पक्षलाई वैज्ञानिक तरिकाबाट अध्ययन गर्दै समाजको हरेक वर्गका मानिसहरु बिच सकारात्मक सोचको बिकास र अधिकार प्राप्तिमा संगठनको मुख्य भुमिका रहेको पाईन्छ । देशको भविष्य निर्धारण गर्ने केन्द्र “शिक्षा” मा आफ्नो मुलकार्यदिशा निर्माण गर्न सक्नु अनेरास्ववियुको मुल विशेषता हो । शिक्षालाई उत्पादनमा ढाल्न सक्ने कार्यदिशा मुल एजेण्डा रहदा देशको आर्थिक अवस्थालाई पनि नयाँ आयाममा पु¥याउने संगठनको ध्येय रहेको छ । राष्ट्रियतालाई शिरोपर गर्नु यसको अर्को उपलब्धि हो । 

देशका हरेक क्षेत्रमा रहेका प्रतिभालाई राष्ट्रसामु ल्याई हरेक तह र तप्कामा उपस्थित गराई राष्ट्रप्रति सकारात्कम सहयोग पु¥याएको कुरा सफलताको शिखरमा पुगेका ब्यक्तिहरुले संगठनको महत्वपूर्ण देन रहेको बताउदै आएका छन् । तशर्थः उत्पादनशिल शिक्षालाई लागू गराउन सफल हुने आधार निर्माण संगठनले गरेको कुरा पुष्टी गरेको छ । ब्यबहारीक, वैज्ञानिक शिक्षा र उत्पादनशिल शिक्षा गणतान्त्रिक नेपालको भविश्य निर्धारण गर्ने मुल स्रोत हुने कुरालाई प्रष्ट्याउदै विकास निर्माणको प्रकृयालाई नीतिवद्ध गर्दै आफ्नो कार्यदिशा कोर्ने संघारमा संगठन २२ औं महाधिबेशनमा उपश्थित हुदैछ । यसले राष्ट्रलाई समृद्धी तर्फ डोहो¥याउने अभिभारा बोकेको छ । 
(अनेरास्ववियु उत्पीडित बिद्यार्थी राष्ट्रिय कमिटिका उपाध्यक्ष सरोज नेपालीको इमेल मार्फत प्राप्त लेख।)

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .