BREAKING NEWS

Monday, January 18, 2016

अन्नपूर्ण सर्किट उत्कृष्ट साहसिक गन्तव्य


एजेन्सी ४ माघ।
बेलायतबाट प्रकाशित हुने विश्वविख्यात पत्रिका द गार्डियनले नेपाललाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको छ । पत्रिकाले साहसिक पर्यटनका लागि छानेका १० उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको हो । सिक्रेट ट्रेल्स एण्ड एन्सियन्ट भिलेजेज (लुकेर रहेको पदमार्ग र प्राचिन गाउँहरु) मा पत्रिकाले उत्कृष्ट गन्तव्यको सूचि सार्वजनिक गरेको हो ।

पत्रिकाले गत वर्ष गएको विनाशकारी भूकम्पपछि नेपालका होटल र रेष्टुरेन्ट, पथपर्दशकहरु व्यवसायमा फर्किसकेको उल्लेख गरेको छ । ‘पर्यटकले नेपाललाई सहयोग गर्ने भएकै त्यही गएर हो’ पत्रिकामा लेखिएको छ ।

नेपालको साहसिक गन्तव्यमा ‘अन्नपूर्ण सर्किट’, त्यति चर्चामा नआएको ‘नार र्फु ट्रेल’, ‘कोतो’, खासै मानिस नजाने गाउँ ‘मेता’, ‘फु’ ‘नारफेदी’ लगायतका गाउँहरुतथा तिब्बती प्रभाव देखिने वास्तुकला र धार्मिक स्थलहरु परेका छन् ।

पत्रिकाले ‘नाफ र्फु’ ट्रेल १६ दिन लामो रहेको बताइएको छ । यहाँ अप्रिल, अक्टोबर र नोभेम्बरमा जान सकिने पत्रिकामा उल्लेख छ । यसैगरी बेलिज, मंगोलिया, रुस, इन्डोनेसीया, जोर्डन, ग्रिनल्यान्ड, भेनेजुयला, ब्राजिल, अमेरिकाका विभिन्न साहसिक पर्यटन गन्तव्यको सूचिमा परेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .