BREAKING NEWS

Sunday, January 3, 2016

लोडसेडिङ फेरि बढ्यो, हप्ताको ७७ घन्टा बत्ती नआउने


काठमाडौं, पुस १९ - सोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।
यसअघि प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर हप्ताको ७७ घण्टा पुर्‍याएको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन ।
विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ ।
ग्यास अभाव भएका कारण सरकारले खाना पकाउने समयमा लोडसेडिङ नगर्ने घोषणा गरेको भएपनि १० दिन अघि नै बिहान र बेलुकीको समयमा पनि वत्ति जाने गरेर प्राधिकरणले तालिका सार्वजनिक गरेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .