BREAKING NEWS

Thursday, January 28, 2016

नेपाल लिटलेचर फेस्टिभलको पाँचौ संस्करण शुरु

पोखरा १५ माघ । नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करण शुक्रवारबाट पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेशनको आयोजना र ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको सह आयोजना सुरु भएको महोत्सब चार दिन सम्म चल्नेछ ।
महोत्सबको लेखक तथा बेलायती गोर्खा सैनिकको अधिकारको अभियन्ता जेपी क्रसले गरे । उनले विगत ५० वर्षभन्दा बढी नेपालमै रहेर सेवा गर्दै आएको छ । समारोहमा राजनैतिक र आर्थिक विश्लेषक पिताम्बर शर्माले आफ्नो विद्वत प्रवचनमा नेपालले अहिले झेलिरहेको नाकाबन्दी र संघियता लगायत असहजप्रश्न माथि प्रकाश पारे ।
उद्घाटन सत्र पश्चात सांसद रविन्द्र अधिकारीको आर्थिक टिप्पणी समेटिएको कृति “समृद्ध नेपाल” को विमोचन गरियो । यसपछि बसन्त बस्नेतले पूर्व प्रधानमन्त्रीबाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका सचिव योगेश भट्टराई र कान्तिपुरका सम्पादक सुधीर शर्मासँग हाल चर्चित नयाँ शक्ति अभियानको औचित्य र आवश्यकताबारे छलफल गरिएको थियो । भट्टराईका अनुसार देशमा गरिबीनिवारण गर्न, रोजगारी सिर्जना गर्न र हालको राजनीतिक जडताबाट नेपाललाई पाँचवर्ष भित्रमा रुपान्तरण गर्न नयाँशक्तिको आवश्यकता रहेको बताए । योगेश भट्टराईले नेपालमा नयाँ पार्टीको लागि स्थान नभएको विचार गरे ।
सुधीर शर्माले नयाँ र पुरानो जस्तोसुकै भएपनि देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सके मात्रकुनै पनि समूहको सान्दर्भिकता रहने उल्लेख गरे । महोत्सबमा ३० भन्दा बढी सत्रहरुमा १०० भन्दाबढी स्रष्टाहरुको संलग्नता रहनेछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .