BREAKING NEWS

Monday, January 25, 2016

वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा पुरस्कार एवम् सम्मान

पोखरा, १२ माघ । 
कास्की दक्षिणभेगस्थित चण्डी माध्यमिक विद्यालयले आफ्नो ५२ औं वार्षिकोत्सव एवम् ५४ औं अभिभावक दिवसका अवसरमा विद्यालयका विभिन्न तह र कक्षामा उत्कृष्ट विद्यार्थीलाई आज पुरस्कार एवम् सम्मान गरेको छ ।विद्यालयका तर्फबाट विभिन्न अतिरिक्त क्रियाकलाप समेतमा प्रथम द्वितीय र तृतीय स्थान ओगट्न सफल विद्यार्थीलाई पनि उक्त अवसरमा पुरस्कृत गरिएको थियो ।कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले विभिन्न समस्याका बावजुत पनि विद्यालयमा राम्रो नतिजा ल्याउन गरिएको प्रयास प्रशंसायोग्य भएको बताउनुभयो ।सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा वर्तमानको आवश्यकता भएको चर्चा गर्दै उहाँले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका शिक्षक, अभिभावक तथा सम्बद्ध व्यक्ति लाग्नुपर्ने बताउनुभयो ।विद्यालय निरिक्षक पदमराज आचार्यले माध्यमिक तहमा एउटा दरबन्दी नहुँदा पनि विद्यालयले राम्रो नतिजा ल्याएको बताउँदै समयको परिवर्तनलाई आत्मसात गरी समयसापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले विद्यालयमा शैक्षिक गुणस्तर कायम गराउन निरन्तर प्रयास भएको बताउँदै विद्यलायको समग्र विकासका लागि शिक्षक, अभिभावक तथा सम्बद्ध निकाय र पक्षको सहकार्य अपरिहार्य हुनेमा जोड दिए ।विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको शैक्षिक तथा आर्थिक अवस्था बारे प्रकास पार्दै विद्यालयलाई सुव्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि निरन्तर प्रयास जारी रहेको बताए ।
    कार्यक्रममा शिक्षा सेवी यज्ञप्रसाद आचार्य, सल्लाहकार समितिका रामचन्द्र पौडेल, शिक्षासेवी केशरप्रसाद निर्दोशी, रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका वासुदेव पौडेल शान्ति उदय उच्च मा.वि.का टेकनारायण गिरी, समाजसेवी मनोहर शर्मा, सदनकुमार महत, सोमबहादुर गुरुङ, लगायतले आ आफ्ना धारणा राखेका थिए ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .