BREAKING NEWS

Friday, January 1, 2016

शनिबार बिहानै ४.२ रेक्टरको पराकम्प

१८ पुस, काठमाडौं । शनिबार बिहानै सिन्धुपाल्चोलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्प गएको छ ।
बिहान तीन बजेर १५ मीनेट जाँदा सिन्धुपाल्चोकको गोल्चे नजिकै केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएको गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्पन जाने क्रम रोकिएको छैन ।
अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका चार सय २२ भन्दा बढी पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .