BREAKING NEWS

Wednesday, January 20, 2016

मनाङमा ३ फिट हिउँ

मनाङ ६ माघ। 
हिमाली जिल्ला मनाङमा हिमपात भइरहेको छ । १३ गाविस रहेको मनाङको तल्लो क्षेत्र मानव ३ गाविसको मानववस्तीमा बाहेक प्रायः सवै ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।

मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको स्थानीयवासिन्दाले बताएका छन् । सदरमुकाम चामेदेखि माथिल्लो क्षेत्रका मानववस्ती, सडक तथा बाटोमा २ देखि ३ फिटसम्म हिउँ जमेको निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए ।
उनका अनुसार चामेदेखि माथिल्लो क्षेत्रमा हिमपातका कारण सवारी साधन गुड्न सकेका छैनन् । मानिसको आवतजावत पनि रोकिएको छ । तल्लो क्षेत्र कोतो र थानचोक क्षेत्रमा हिउँमा फसेका ४ वटा जीपलाई प्रहरीले झिकेर गन्तब्यमा पठाएको छ । केही जीप अझै फसेका छन् । लमजुङ सदरमुकाम बेसीशहरबाट गएको गाडी मनाङको तल्लो क्षेत्र दानाक्युमा रोकिएका छन् । मानिसहरु हिँड्न बाध्य छन् ।

माथिल्लो मनाङ गाउँमा पनि हिमपात जारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलाश तिवारीका अनुसार करीब १ फिटसम्म हिउँ जमेको छ । मौसम बदली भइरहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .