BREAKING NEWS

Tuesday, January 12, 2016

लेखनाथ नगरपालिकाको २३ औं नगर परिषद सम्पन्न

आव ०७३÷७४का लागि २१ करोड ५२ लाख २०हजारको बजेट सार्वजानिक

लेखनाथ, २८ पुस ।
लेखनाथ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७३÷७४का लागि २१ करोड ५२ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ।
मंगलबार एक कार्यक्रमका बिच कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आन्तरिक स्रोत तर्फ दुई करोड ९० लाख र बाह्य स्रोत तर्फ १८ करोड ६२ लाख २० हजार गरि कुल २१ करोड ५२ लाख २० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन।
जुन बजेट गत बर्षको तुलनामा ४.३३प्रतिशतले कमि हुन आएको देखिन्छ। गत बर्ष २२ करोड ४९ लाख ४७ हजारको बजेट पेश गरिएकोमा यस बर्ष विश्व बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटमा कमि आएको हो ।
यस बर्ष चालु खर्च तर्फ रु तीन करोड ८० लाख ८६ हजार विनियोजन गरिएको छ भने पुँजीगत तथा कार्यक्रम बजेट अन्तरगत रु १७ करोड ७१ लाख ३४ हजार विनियोजन गरिएको छ । जसमा पुर्बाधार तथा संरचना विकासमा सात करोड ६७ लाख ७२ हजार ,कृषि बन तथा वातावरण तर्फ एक करोड ३४लाख ५० हजार,जनसख्या तथा सामाजिक तर्फ आठ करोड १८ लाख १२ हजार ,संगठन तथा प्रशासन तर्फ तीन करोड ८० लाख ८६ हजार र जल स्रोत तथा भुमी तर्फ ५१ लाख रुपियाँ छुट्याईएको छ ।
बजेटमा भुकम्पबाट पुर्ण रुपमा घर भत्कीएका नगरवासीका लागि नक्सा पासमा १० प्रतिशत छुट दिने ब्यवस्था समेत गरिएको छ । कार्यक्रममा संसद बिकास समितिका सभापति रविन्द्र अधिकारीले प्रदेश नं ४ को राजधानी लेखनाथ सहित पोखरा उपत्यकालाई बनाउन बृहत्तर रुपबाट सोच्नु पर्ने बताउदै कामको समीक्षा समेत गर्नका लागि सुझाब दिएका थिए।
विकास निर्माणका काममा जनसहभागीता जुटाउदै विकासको प्रतिफलमा जनतालाई अनुभुती हुने गरि कार्य संपादन गर्नु पर्ने बताउदै समग्र लेखनाथ क्षेत्रको विकासका लागि कृषिको व्यवसायिकरण गर्दै पर्यटनलाई समेटेर अगाडी वढ्नु पर्ने धारणा राखेका थिए ।
सोही अवसरमा वोल्दै सांसद यज्ञवहादुर थापाले अन्र्तराष्ट्रिय सभाहल निर्माणका लागि बजेट विनियोजन भएर पनि बन्न नसकेको अवस्थामा दुइ तिन महिनामा राजनैतिक सहमति जुटाएर लेखनाथमै ल्याउन आफुहरुले विशेष पहल गर्ने कुरामा जोड दिएका थिए ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले परिषद्ले परम्परालाई धान्ने मात्रै काम नगरेर वृहत पोखरा उपत्यका विकासका कुरालाई समेत मध्यनजर गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा वोल्दै अध्यक्ष खनालले लेखनाथ–१३ को लामेआहालमा क्षेत्रीय वसपार्क निर्माणका लागि दुई सय ३४ हेक्टर जग्गा छुट्ीएको र रुपाताल संरक्षणका लागि छुट्ीएको वीस लाख र दिपाङ्ग तालको संरक्षणका लागि छुट्ीएको ३० लाख रुपैया ताल विकास वोर्डले नियन्त्रणमा लिएकोले काम अगाडि वढ्न नसकिएको सन्दर्भमा लेखनाथ नगरपालिकाले समन्वय गर्नु पर्ने आवश्यकता रहेको वताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव कृष्ण के.सी., ने.क.पा. एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम पगेनी, एनेकपा एमाओवादीका लेखनाथ नगर इन्चार्ज विनय थापा, अखण्ड नेपालका नगर अध्यक्ष मोती गिरी, राप्रपा नेपालका हरि वहादुर जि.सी., नेकपा संयुक्त कि सरीता पौडेल, राप्रपाका नगर अध्यक्ष हेम वहादुर हमाल, नेकपा माओवादी क्रान्तिकारीका सन्तवहादुर भुजेल, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, नगर स्तरीय महिला संजालकी विष्णु तिवारी लगायतका वक्ताले लेखनाथमा औद्योगिक क्षेत्र निर्माण, महिलाहरुको स्तर उन्नतीका कार्यक्रमका साथै ४ नं. प्रदेशको संघीय राजधानीका रुपमा लेखनाथलाई विकासित गर्नुपर्नेमा जोड दिएका थिए।
ईन्जिनियर जगन्नाथ कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .