BREAKING NEWS

Monday, January 18, 2016

१४ औं आहा ! रारा गोल्डकप मंगलवारदेखि, उद्घाटनमा आयोजक र सिमरा भिड्ने

पोखरा ४ माघ । 
आहा ! रारा गोल्डकपको १४ औं संस्करण मंगलवारदेखि माघ ५ गते देखि माघ १६ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुदै छ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नवजनजागृति युवा क्लब सिमरा भिड्दैछन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर बिष्टले उद्घाटन गर्ने सो प्रतियोगिताको खेल दिउसो साढे एक बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

१३ औं आहा रारा गोल्डकपको उद्घाटनमा सिमराले आयोजकको टिमलाई टाईब्रेकरमा ४—३ ले पन्छाएको थियो । उद्घाटन खेलको बिजेता टिम माघ ९ गते अन्तिम चारका लागि युनाईटेड सिक्किम एफसि भारतको सामना गर्नुपर्छ ।
पाँच लाख एक हजार एक प्रतियोगिताको विजेताले तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । १३औ संस्करणको विजेताले ३ लाख ५१ हजार र उपविजेताले दुई लाख एक हजार प्राप्त गरेका थिए ।

क्लबका महासचिब केशव राज बरालले प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिने जानकारी दिए। त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिड फिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।

नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता प्रतियोगितामा रहने संयोजक केशव बहादुर थापाले जानकारी दिए । 
विभागिय टिम आर्मी, शसस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, लक्ष्मी हुण्डाई मनाङमस्र्याङदी क्लब, जावलाखेल युथ क्लब, झापा ११ , नवजनजागृति युवा क्लब सिमरा, आयोजक सहारा क्लब सहित ईन्डियन आर्मी गोर्खा ब्रिगेट टिम, युनाईटेड सिक्किम एफसि भारत र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश सो प्रतियोगिताका लागि सहभागि हुदैछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .