BREAKING NEWS

Sunday, January 31, 2016

यू -१९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने


काठमाडौं १७ माघ। यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक-एक लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई खेलमा जित हात पार्दै नेपाल सुपर लिगका लागि छनोट भएको छ । नेपालले १५ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डविरुद्धको खेलमा ८ विकेटले जित हात पारेको छ । अब समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .