BREAKING NEWS

Thursday, December 10, 2015

निर्माण व्यवसायीलाई भुकम्प प्रतिरोधात्मक भबन निर्माण तालिम



भीमपाणि बराल
लेखनाथ,२४मंसिर।
गत बैसाख १२ गते देखि रोकीएको भबन निर्माणको कार्यलाई प्रभावकारी तरिकाले संचालन गर्नका लागि लेखनाथ नगर पालिकाले निर्माण ब्यवसायी समिति लेखनाथ अन्तरगत रहेका कालीगडहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम विहिबार देखि सुरु गरेको छ।
समिति अन्तरगत रहेका एक सय २०निर्माण ब्यवसायीहरुलाई तीन चरणमा तालिम प्रदान गर्नका लागि पहिलो चरणमा ४०जना कालीगडहरुलाई भवन निर्माणका तरिका र अपनाउनु पर्ने प्राविधिक ज्ञानका बारेमा चार दिने तालिम सुरु गरिएको हो।

लेखनाथ नगर पालीकाले भवन निर्माण आचार संगिता लागु गर्न पुर्ब निर्माण व्यवसायी समिति लेखनाथ अन्तरगत रहेका कालीगडहरुलाई भवन निर्माणका बारेमा प्राविधिक ज्ञान,भुकम्पीय जोखिमबाट बच्न सकिने उपाय र भवन निर्माण गर्दा अपनाउनु पर्ने होसियारी लगाएत गुणस्थरिय निर्माण सामाग्री,नक्सा पासका आवस्य प्रक्रियाका बारेमा जानकारी गराउने भएको हो।

लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीको अध्यक्षतामा भएको तालिम सुभारम्भ समारोहमा निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किसानसिंह गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमालेका नगर अध्यक्ष संकरनाथ पौडेल,एकिकृत नेकपा माओबादीका पुष्पकमल ढुंगाना ,लेखनाथ हाडवयर्स एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारी र दिप सिखा वाचनालयका अध्यक्ष कृष्णहरी भण्डारी लगाएले कालीगडहरुलाई भवन निर्माणको काममा निपुण बनाएपछि नक्सा पास र घर निर्माणको सिफारिसलाई फुकुवा गर्नु पर्नेमा जोड दिएका थिए।

लेखनाथ नगरपालिका ईन्जिनियर जगनाथ कोईरालाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन ईन्जिनियर रविचन्द्र घिमिरेले गरेका थिए।तालिम विभिन्न तिन चरणमा गरि पुस ९गते सम्म संचालन हुने भएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .