BREAKING NEWS

Monday, December 28, 2015

लेखनाथ लायन्स क्लबले विद्यार्थीलाई स्वईटर बाढ्यो


लेखनाथ,१३पुस।
लायन्स क्लव अफ लेखनाथले जाडोको समयमा विद्यार्थीहरुलाई न्यानोबाट बचाउन उनिका स्वईटर वितरण गरेको छ।

क्लवले सामाजीक उत्तरदाईत्व अन्तरगत लम्जुङ जिल्लाको करापुटार नगरपालिकामा रहेको श्री शैलेश्वर प्राविका ३५जना छात्र छात्राहरुका लागि विद्यालय पोशाक सहित स्वईटर वितरण  गरेको हो।
सहयोग सामाग्री वितरण गर्दै लेखनाथ लायन्स क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,तृतिय उपाध्यक्ष राजेन्द्र ओझा,कोषाध्यक्ष उपेन्द्रराज सुबेदी,क्लबका पुर्ब अध्यक्ष कृष्णराज पौडेल र लक्ष्मी आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछाने लगाएतले सामुदायिक विद्यालयको शौक्षीक विकासमा क्लवले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिने धारणा राखेका थिए।

साथै क्लवले यस अघि सोही विद्यालयमा भुकम्पबाट क्षेति पु¥याएको भवन पुन निर्माण सहित अस्थायी पाँच कोठे भवन निर्माणमा सहयोग गरेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .