BREAKING NEWS

Monday, December 28, 2015

रुपा ज्योतिम मा.वि.मा ३५ औं अभिभावक दिवस सम्पन्न ।


लेखनाथ १३ पौष
रुपा ज्योति मा.वि. रुपाकोट १ तालवेसीमा ३५ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका  प्रमुख अतिथि ब्रिटिस नागरिक इएचएन संस्थापक फिल पालमर  ले गुणस्तरिय शिक्षामा जोड दिंदै विद्यालको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिराम कंडेलले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावि योजनाहरु प्रस्तुत गरेका थिए  सोही कार्यक्रममा स्रोत व्यक्ति विजय सापकोटा , उद्योग वाणिज्य संधका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी , नेपाली कांग्रेसका प्रतिनिधि तुल बहादुर गुरुङ , एमालेका प्रतिनिधि टिकाराम पगेनी,  भु.पु. विद्यार्थी पूर्ण गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयमा शैक्षिक स्तर वृद्धि गर्न उल्लेखनिय भूमिका निर्वाह गरेवापत शिक्षकहरु बुद्धिसागर अधिकारी र सञ्चिता ढुङ्गानालाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने शिक्षक बुद्धि सागर अधिकारीले सञ्चालन गरेका थिए ।।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .