BREAKING NEWS

Tuesday, December 29, 2015

दुई महिनाभित्र पोखरा अन्तराष्ट्रिय बिमानस्थलको शिलान्यास गर्ने पर्यटनमन्त्रीको आश्वासन

पोखरा १३ पुस । पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले दुई महिनाभित्र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको शिलान्यास गर्ने उद्घोष गरेका छन् ।

एमाले कास्कीले सोमवार विहान पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा उनले निर्माण कार्य थालनीको लागि आबश्यक तयारी भैरहेको बताए ।

सोमवार विहानै विमानस्थल निर्माण स्थलको अबलोकन गरेका उनले आफ्नै कार्यकालमा निर्माणकार्य सुरु हुने दाबि गरेका हुन् । अबको दुई महिनाभित्र विमानस्थलको शिलान्यास हुनेमा ढुक्क रहन उनले पोखरेलीलाई आग्रह समेत गरे ।

यसअघिका बिभागिय मन्त्रीका साथै प्रधानमन्त्रीले समेत विमानस्थल आफ्नै कार्यकालमा सुरुवात गर्ने बताएपनि अहिलेसम्म प्रक्रियामै रहेको छ । मन्त्रीको आस्वासन आएपनि काम सुरु नभएसम्म ढुक्क हुनसक्ने अबस्था नरहेको पोखरेलीले बताएका छन् ।

कार्यक्रममा पर्यटन मन्त्री पोखरेलले पोखरालाई पर्यटकीय हब बनाउन आफूले सोचेको १५ वटा योजनासमेत पेश गरेका थिए । उनको योजनामा पोखरामा चक्रपथ निर्माण, सिद्धार्थ–यशोधा पार्क , अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण लगायत रहेका छन् । यद्यपी यसअघिको सरकारले यी कार्य सुरुवातको लागि बजेट समेत विनियोजन गरिसकेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .