BREAKING NEWS

Sunday, December 6, 2015

पोखरा बिमानस्थलको रन वे मा कसले गाड्यो काँटी ?


पोखरा २० मंसिर । 
एयरपोर्टको रन वे मा काँटी गडेको । त्यो पनि तिन वटा । अझ उत्तानो पारेर । अर्थात तिखो भाग फर्काएर । चौबिसै घण्टा नेपाली सेना र पहरा हुने ठाउँमा । तपाइ सायद सोच्नुहोला हुनै नसक्ने कुरा । तर यस्तै घटना भएको छ । यही पोखराको बिमानस्थलमा ।
शनिबार बिहान पोखरा अल्ट्रालाइट र फिस्टेल एयरले प्रयोग गर्ने रन वे मा तिन वटा काँटी भेटिएपछि, त्यहाँ हङ्गामा मच्चिएको छ । ति काँटी पोखरा अल्ट्रालाइटका पाइलटले देखेका थिए । “धन्न ! सुरुमै पाइलटले देखे ।” एयरपोर्टका एक अधिकारीले भने–“यदी त्यही बाटो अल्ट्रालाइट हिड्दा, त्यो किल्लामा परेको भए जे पनि हुन सकथ्यो ।”
किल्ला भेटिएपछि, जिल्ला प्रहरी कार्यालय कास्कीले मुचुल्का तयार पारेको छ । घटनाका बारेमा, पोखरा बिमानस्थलका अधिकारीहरु केही बोल्न चाहदैनन् । स्रोतका अनुसार भेटिएका किल्ला एक देखी डेढ इञ्च सम्मका थिए ।
पोखरा बिमानस्थलका प्रमुख दिपक बराल पोखरा हटलाइनसँग भन्छन्–“यो सुरक्षाको बिषय हो, मैले बोल्न मिल्दैन ।” पोखरा अल्ट्रालाइटका जहाजहरु हिड्ने रन वे भएकाले यसलाइ विभिन्न कोणबाट, अनुसन्धान थालिएको सम्बद्ध अधिकारीहरु वताउछन् । तर उनिहरु कोही पनि आफ्नो नाम उल्लेख गर्न चाहदैनन् ।
एयरपोर्टमा तैनाथ सैनिक स्रोतका अनुसार भेटिएका काँटी हातलेनै उखालिएका छ । कडा सुरक्षा ब्यबस्था हुने बिमानस्थलमा बाहिरका मानिस आएर त्यसरी किल्ला गाड्ने संभावनानै हुन्न । हालसालै किल्ला भेटिएको वरपर कुनै निर्माण कार्य पनि नभएको पोखरा हटलाईनले छापेको छ  । पोखरा बिमानस्थलमा खटिएका प्रहरीको कमाण्ड गर्ने अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी महेन्द्र कुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको वताए ।
“घटनाको बारेमा मैले जिल्लाको (कास्की प्रहरी) डिएसपी सापलाइ अनुसन्धान थाल्न वताएको छु । कसैको षड्यन्त्र हो की के हो ?अनुसन्धानपछि, खुल्ला ।” उनले भने । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी गजुरसिद्धी बज्राचार्यले प्रारम्भिक अनुसन्धानमा मानिसलेनै काँटी राखेको अनुमान गरिएको जानकारी दिदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .