BREAKING NEWS

Sunday, December 13, 2015

नब ज्योति सनत दुर्गा निमाविको रतज जयन्ति सुरु

लेखनाथ नगरपालिका वडा नं ८को आँप डाडामा रहेको नब ज्योति सनत दुर्गा निमाविको रजत जयन्ति सुभारम्भ कार्यक्रमका अतिथिहरु
तस्बिर: विष्णुहरि पौडेल। गोल्डेन न्युज

लेखनाथ,मंसिर२६।
लेखनाथ नगरपालिका वडा नं ८को आँप डाडामा रहेको नब ज्योति सनत दुर्गा निमाविले सनिबार देखि आफनो रजत जयन्ति सुभारम्भ गरेको छ।
रतज जयन्ती कै अवसरमा विद्यालयका भवन निर्माण कर्ता सनत कुमार श्रेष्ठ र उनकी धर्मपत्नी दुर्गा श्रेष्ठले सनिबार संयुक्त रुपमा रजत जयन्ती शुभारम्भ सभाको उद्घाटन, शैक्षिक पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै सहयोगदाता सनत कुमार श्रेष्ठले शौक्षिक क्षेत्रमा केही गर्नु पर्छ भन्ने भावनाका साथ आफुले १२कोठे बिद्यालय भबन निर्माण गरेको धारणा राख्दै यस क्षेत्रको नमुना विद्यालय बनाउनका लागि स्थानीय अभिभावकहरुको पनि महत्वपुर्ण भुमिका रहनु पर्नेमा जोड दिएका थिए।

विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकाल,विद्यालय निरिक्षक भोजराज न्यौपाने,स्रोत ब्यक्ति विष्णु प्रसाद तिवारी,लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे,नेपाली काग्रेस लेखनाथ नगर अध्यक्ष राजेन्द्रमणि लामिछाने,लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल,महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पुर्णिमा वास्तोला लगाएतले विद्यालयको शौक्षिक विकास र गुणस्थरिय शिक्षाका वारेमा आ आफनो धारणा राखेका थिए।

विद्यालय प्रधानाध्यापक लिलामणि त्रिपाठीले विद्यालयको बर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालय ब्यवस्थापन समितिकी सदस्य सोभा न्यौपाने र संचालन शिक्षक द्धोय सृजना तिवारी र राजेन्द्र लामिछानेले गरेका थिए।

रजत जयन्ति कै अवसर पारेर विद्यालयले विविध सांस्कृतिक कार्यक्रम, खेलकुद सप्ताह,,स्रोेतकेन्द« स्तरिय निमावि हाजिरीजवाफ प्रतियोगिता,माघ१६ गते राष्ट्रिय कविता वाचन प्रतियोगिता, माघ २२ गते बृहत अभिभावक भेला तथा अन्र्तकृया कार्यक्रम गर्ने भएको छ भने रतयन्तीको मुल समारोह फागुन ५गते भवन उद्घाटन तथा रजतजयन्ती समापन र साथमा भवन निर्माण दाता तथा चन्दादाताहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सरिता त्रिपाठीले जानकारी दिएकी छन्। उक्त विद्यालयमा हाल एक सय ७०विद्यार्थी अध्यनरत रहेका छन्। 


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .