BREAKING NEWS

Tuesday, December 29, 2015

माया पुनको ‘मसँग नेपाली मन छ’ सार्वजनिक


 पोखरा, १४ पौष – नयाँ गायिका माया पुनको पहिलो गित तथा म्युजिक भिडियो आज एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक गरीएको छ । 

‘म सग नेपाली मन छ’ बोलको गित नेपाली सुगम संगितका सदाबहार गायक कर्णदासले सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै गायक कर्णदासले भारतिय नाकाबन्दीको समयमा सार्वजनिक गरीएको यस गितले राष्ट्रप्रेमको भावना जागृत गराउने बताए । गायिका माया पुनको गायकीको प्रशंसा गर्दै उनले नेपाली सांगीतिक क्षेत्रमा गायिका पुनका प्रवेश उत्साहजनक रहेको धारणा राखेका थिए । 
कार्यक्रममा बोल्दै गायिका माया पुनले आफूलाई यो गितबाट निकै आशा रहेको बताइन्, उनले गितलाई उत्कृष्ट बनाउनको लागी गुणस्तरमा कुनै सम्झौता नगरिएको समेत जानकारी गराइन् । 
मन क्षेत्रीको शब्दमा अर्जुन पोख्रेलको संगित रहेको सो गितको म्युजिक भिडियोलाई निर्देशक अपिल त्रिपाठीले निर्देशन गरेका हुन् । फलानो क्रिएशनले तयार पारेको भिडियोमा केकी अधिकारी, मिलन थापा र बालकलाकार मन्दिप क्षेत्रीले अभिनय गरेका छन् । 
भिडियोमा सरोज अधिकारीको छायाङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । कार्यक्रममा गितकार मन क्षेत्री, निर्देशक अपिल त्रिपाठी लगायतले बोलेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .