BREAKING NEWS

Tuesday, December 1, 2015

लोडसेडिङ बढ्यो, एक साताभित्रै नयाँ तालिका

काठमाडौ १५ मंसिर । भारतीय नाकाबन्दीपछि घटेको लोडसेडिङ फेरि बढेको छ । साप्ताहिक रुपमा ४४ घण्टाको घोषित तालिकाअनुसार नै लोडसेडिङ गर्न सुरु गरेको हो ।
अहिले सातामा ४४ घण्टा लोडसेडिङ गर्ने तालिका भएपनि भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नभएपछि सातामा १५ घण्टा मात्रै लोडसेडिङ गरिरहेको थियो । नाकाबन्दीपछि अघोषितरुपमा लोडसेडिङ घटाएको नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमै लोडसेडिङ बढाएको छ ।
मागभन्दा उत्पादन झण्डै आधा कम भएपछि प्राधिकरणले लोडसेडिङ बढाएको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि सातामा ४० घण्टासम्म लोडसेडिङ सुरु भएको प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले  जानकारी दिए ।
अहिले वर्षाको समयमा पूर्णक्षमतामा उत्पादन हुने आयोजनाहरुमा ५५ देखि ६० प्रतिशत मात्रै उत्पादन भइरहेको क्षेत्रीले बताए । त्यसैकारण बेलुकीको समयबाहेक अन्य समयमा लोडसेडिङ हुने क्रम बढेको प्राधिकरणको दावी छ । जलासययुक्त कुलेखानी आयोजना चलाएर बेलुकाको समयमा सकेसम्म कम लोडसेडिङ गरिएको जनाएको छ ।
एक हप्ताभित्र नयाँ तालिका
प्राधिकरणले लोडसेडिङ बढेको औपचारिक जानकारीसहित नयाँ तालिका सार्बजनिक गर्ने तयारी गरेको छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषितरुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
तर, हप्तामा कति घण्टा लोडसेडिङ थपिने भन्नेबारे प्राधिकरणले केही बताएको छै्रन । ‘एकहप्ता भित्र लोडसेडिङको नयाँतालिका आउँछ । निर्णय हुन मात्र बाँकी हो । भोलि- पर्सी नै पनि आउने सम्भावना पनि छ,’ केन्द्र प्रमुख क्षेत्रीले भने ।
उद्योगहरु चल्न सुरु भएपछि लोडसेडिङ थप बढ्ने प्राधिकरणले जनाएको छ । नाकाबन्दीले उद्योगहरु नचल्दा औद्योगिक विद्युत खपत झण्डै १५ प्रतिशतमा सीमित भएपछि उपभोक्तालाई राहत भएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .