BREAKING NEWS

Wednesday, December 9, 2015

लायन्स क्लब सेभन लेक सिटीको ४७ युनिट रगत संकलन


लेखनाथ,२३मंसिर।
लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटिको आयोजनामा बुधबार राखिएको खुल्ला रत्तदानमा ४७युनिट रगत संकलन भएको छ।

बजारमा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै क्लबले रत्तदान जिवन दान ,जिवन दान महादान भन्ने मुल नाराका साथ पहिलो पटक राखेको खुल्ला रत्तदानमा ४७युनिट रगत संकलन भएको हो।
कार्यक्रमका पहिलो रत्तदाता चन्द्रकान्त अधिकारीलाई ब्लड व्याग हस्तान्त्रण गर्दै लायन्स क्लब ३२५वी १नेपालका डिष्ट्रिक गभर्नल ध्रुव थापाले लायन्स क्लवले सामाजीक भावनाले समाजमा सकरात्क कामहरु गर्दै आएको धारणा राखेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेब ढुंगानाले रगतको अभावले बिरामीको उपचारमा देखिएको कठिनाई सामाजीक संघ सस्थाहरुले अगाडी सारेको रक्तदानबाट अकालमा कोही कसैले ज्यान गुमान नपर्नेमा जोड दिएका थिए।
सोही अवरसमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफुले पनि अहिले सम्म ३३पटक रत्तदान गरेको कुरा बताउदै तीन तीन महिनामा रक्तदान गर्दा शारिरीक रुपमा कुनै कुनै असर नपर्ने शरिर स्वच्छ रहने धारणा राखेका थिए।
लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटिका अध्यक्ष अशोक प्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रमका संयोजक मधुसुधन कोईरालाले रक्तदानको महत्व र उपयोगीताका बारेमा जारनकारी गराएको सो कार्यक्रमको संचालन सचिव दिपक ज्योती ढुंगानाले गरेका थिए।
फोटो क्याप्सन

लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटिले राखेको खुल्ला रक्तदानमा रगत दान गर्दै पश्चिम पृतना विजयपुरमा नेपाली सेना र कार्यक्रमका अतिथिहरु
 तस्विरःभीमपाणी बराल।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .