BREAKING NEWS

Sunday, December 6, 2015

स्वयम सेविका दिबसमा लेखनाथका स्वयम सेविका सम्मानीत

लेखनाथ,२०मंसिर।
१२औं महिला स्वयम सेविका दिवसको अबसर पारेर लेखनाथ नगर क्षेत्रमा कार्यरत उत्कृष्ठ १८जना स्वयम सेविकाहरुलाई सम्मान गरिएको छ।
स्वयम सेविकको सेबा स्वास्थ्य समाजको लागि टेवा भन्ने मुल नाराका साय जिल्ला जनश्वास्थ्य कार्यालय कास्की र लेखनाथ नगर पालिकको संयुक्त आयोजनामा शिशुबा प्रथामीक स्वास्थ्य केन्द्रमा कार्यरत १८जना महिला स्वयम सेविकाहरुलाई सम्मान गरिएको हो।
लेखनाथ नगर क्षेत्रको १८बटै बडामा कार्यरत एक सय ६४स्वयम सेविकाहरु मध्यबाट बडागत रुपमा उत्कृष्ठ काम गरेका स्वयम सेविकाहरुलाई पुरस्कार सहित सामुहिक रुपमा सम्मान गरिएको थियो।
शिशुबा प्रथामीक स्वाथ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिका सामुदायीक साखाका साखा प्रमुख मिना भण्डारीले सेबाको भावनाले काम गर्दै आएका महिला स्वंयम सेविकाहरुले ग्रामीण तहमा प्रथामीक स्वास्थ्य उपचार र जनचेतना फैलाउने कार्यमा सहयोग पु¥याउदै आएको धारणा राखेकी थिईन।

कार्यक्रममा शिशुबा प्रथामीक स्वाथ्य केन्द्रका निमीत्त प्रमुख मनकुमारी ओझा,नगर फोकल प्रसन मनुराज बराल,नेपाल विकास सस्थाका प्रतिनिधी दिनेश न्यौपाने,महिला स्वयम सेविका संघकी अध्यक्ष तारा अधिकारी,सचिब सारदा बास्तोला,सदस्य शोभा बुढाथोकी र लेखनाथ श्वास्थ्य चौकी प्रमुख ईश्वरी प्रसाद शर्मा लगाएतले आ आफनो धारणा राखेका थिए।

पब्लिक हेल्थ नर्स अधिकृत सम्झना ढुंगानाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य बेगनास श्वास्थ्य चौकीका प्रमुख हरिलाल आचार्यले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .