BREAKING NEWS

Sunday, December 6, 2015

लेखनाथ सामुदायीक लायन्स अस्पतालको अध्यक्षमा पाण्डे

Photo: SGP, Cityof7lakes.com
लेखनाथ,२०मंसिर।
लेखनाथ सामुदायीक लायन्स अस्पतालको १२औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेसनले आगामी कार्यकालका लागि महेश्वर पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्वत रुपमा चयन भएको समितिको कार्य विभाजन पछि गर्ने गरि समितिको सदस्यमा नन्दबहादुर गुरुङ,भरतराज तिवारी,काशीनाथ ओझा,प्रमोद पौडेल,नारायण प्रसाद सुबेदी,सुक्रराज कडेल,महिला सदस्यमा सुर्य कुमारी बंजरा र पबित्रा अधिकारी रहेकी छन्।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले सामुदायी अस्पतालहरुले पनि सरकारी हस्पिटल सरहको उपाचार गराउन पाउने निती अनुसार आफनो कार्यकालमा नितीगत रुपमा नै ऐन नियमहरु निर्माण धारणा राखेका थिए। अधिकारीले सोही अवसरमा संस्थाको वेबसाइटको पनि उद्घाटनका गरेका थिए। 
लेखनाथ सामुदायीक लायन्स अस्पतालका अध्यक्ष गोविन्द प्रसाद कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेसका नेता सुक्रराज शर्मा,एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद सदस्य झलकपाणि तिवारी र महिलाहरुको तर्फबाट गायत्री ढकाल लगाएतले आ आफनो धारणा राखेका थिए।

लेखनाथ सामुदायीक लायन्स अस्पतालका संचालक समितिका सचिब मेजर रामप्रसाद गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष महेश्वर पाण्डेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .