BREAKING NEWS

Saturday, December 5, 2015

लेखनाथ जेसिजको अध्यक्षमा ओझा


लेखनाथ, २१ मङ्सिर।

लेखनाथ जेसिजको १८ औं वार्षिक साधारणसभा तथा १७ औं शाखा अधिवेशनले आगामी कार्यकालका
लागि अर्जुन ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत चयन भएको समितिको कार्यकारिणी उपाध्यक्षमा रामचन्द्र गौतम र रोशन अधिकारी छन् भने महासचिवमा सन्दीप ढुङ्गाना, पमहासचिवमा चिरञ्जीवी न्यौपाने, कानुनी सल्लाहकारमा रीता बास्तोला, कोषाध्यक्षमा राजन परियार र उपाध्यक्षहरूमा कमल गौतम, चन्द्रकान्त अधिकारी, विश्वराज पौडेल र आशिष अधिकारी छन्।

भेलाले शाखा सम्पादकमा सूर्यप्रसाद बास्तोला, बृद्धि सभापतिमा शालिकराम ओझा, जन सम्पर्क अधिकारीमा सलिना राणा, सचिवालय व्यवस्थापनमा उत्तम श्रेष्ठ, तालिम संयोजकमा दीपक अधिकारी, मिडिया अर्डिनेटरमा टंक लामिछाने, कोष बृद्ध सभापतिमा सन्तोष गुरुङ, संघ, संस्था समन्वय संयोजकमा अमृत थापा र अध्यक्ष सल्लाहकारमा शिवप्रसाद भण्डारीलाई चयन गरेको छ। यसअघि, अधिवेशनको उद्घाटन गर्दै साहित्यकार तीर्थ श्रेष्ठले १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाले समाज, राष्ट्र र आफना लागि केही गरेर देखाउने समय भएकाले जेसिजमा रहेका सबैले आफू र आफ्नो  व्यक्तित्व सामाजिक रुपमा अगाडि बढाउनु पर्ने बताए।

कार्यक्रममा लेख न ा थ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा जेसिजका अध्यक्ष छविलाल सुवेदी, लेखनाथ जेसिजका पूर्व अध्यक्ष एलके शर्मा, सुमनमोहन भट्टराई र ऋषिराम जमरकट्टेलले बोलेका थिए। यस्तै, निर्वाचन आयुक्त नगेन्द्र बराल, सम्मेलन निर्देशक नवीन बास्तोला, जुनियर जेसिजका अध्यक्ष अनिल गौतमलले पनि आ–आफनो धारणा राखेका थिए। लेखनाथ जेसिजका अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष विशाल गौतम, धन्यवाद ज्ञापन उपाध्यक्ष रीता बास्तोला र कार्यक्रम सञ्चालन महासचिव सन्दीप ढुङ्गानाले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .