BREAKING NEWS

Thursday, December 31, 2015

अबैध रुपमा छिरेका २६ नेपाली कोष्टारिकामा पक्राउ


एजेन्सी १६ पुस ।
कोष्टारिकाको प्रहरीले अवैध रुपमा छिरेका २६ नेपालीसहित ५१ जनालाई पक्रउा गरेको छ । ट्रकमा यात्रा गरिरहेको बखत उनीहरुलाई पक्राउ गरिएको कोष्टारिकाको समाचार एजेन्सी टिको टाईम्सले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालीसहित एसिया, अफ्रिका, मध्यपूर्वी देशका नागरिक छन् । कागजपत्र नबोकेका नेपालीसहित ट्रकमा ९ बंगलादेशी, ९ सोमालियाली, २ इराकी, १ पाकिस्तानी नागरिक रहेको प्रहरीले जनाएको छ ।

ट्रकका चालक र अन्य तीन जना कोष्टारिकाका नागरिकसमेत पक्राउ गरेका छन् । कोष्टारिकाका प्रहरी अधिकारीका अनुसार मानव तस्करहरुले एसियाली मुलका नागरिकलाई मध्य अमेरिका हुँदै अवैधरुपमा अमेरिका छिराउने गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .