BREAKING NEWS

Tuesday, December 15, 2015

लेखनाथ होटल एसोसियसनले खनाल,भण्डारी र आचार्यलाई सम्मान गर्यो


लेखनाथ,२९ मंसिर।

लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियसनले मंगलबार पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल,लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी र ईलाका प्रहरी कार्यालय हंसपुर हालको डाडाको नाक प्रहरी चौकी लेखनाथका ईन्चार्ज प्रहरी निरिक्षक मित्र बहादुर आचार्यलाई संयुक्त रुपमा सम्मान गरेको छ।

एशोसियसनले राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले समग्र कास्की जिल्लाको विकासका लागि बृहत्तर पोखराको अवधारणाले गुरुयोजना बनाउन लागिएको धारणा राख्दै विशेष गरि लेखनाथको  विकासका लागि यहाँ रहेका तालहरुको संरक्षण गर्दै पर्यटकिय गतिविधीहरुलाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।

सोही अवसरमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले निजी क्षेत्रको विकास विना कुनै पनि क्षेत्रको विकास हुन नसक्नेमा जोड दिदै निजी क्षेत्रका समस्या प्रति नगरपालिका गम्भीर भएको र त्यसका लागि यहाँ रहेका ब्यवसायीहरुसंग सहकार्य गर्दै विकासे योजनाहरुलाई अगाडी वढाउनु पर्ने धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै भरखरै मात्र ईलाका प्रहरी कार्यालय हंसपुर हालको डाडाको नाक प्रहरी चौकी लेखनाथमा सरुवा भई आएका प्रहरी निरिक्षक मित्र बहादुर आचार्यले ब्यबसायिहरुको पेशा सुरक्षीत र मयौदीत बनाउनका लागि आफु सदैबा होशियारीका साथ अगाडी वढ्ने तथा आफनो पेशा भन्दा माथी उठेर कोही कसैले अमर्यादित काम गर्छ भने त्यस्तालाई कारवाही गरेरै छाड्नेमा जोड दिएका थिए। 

साथै उनले आफु कुनै पनि राजनिती नेताको दबाव र सिफारीसमा अपराधीलाई उन्मुक्ती दिन नसक्ने र कुरामा भन्दा कामका बढि विश्वास राखेर अगाडी बढ्ने धारणा समेत राखेका थिए।

लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा बेगनास युबा क्लबका उपाध्यक्ष बिकास लामिछाने,बेगनासताल महिला समुहकी अध्यक्ष विष्णुमायाँ तिवारी,बेगनासताल बजार ब्यवस्थापन समितिका अध्यक्ष उमाकान्त तिमिल्सेना,बेगनास रुपाताल पर्यटन प्रबद्धन समितिका अध्यक्ष दिननाथ ढकाल र लेखनाथ नगरपालिकका कानुनी सल्लाकार राममणि अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए।

लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियसनका निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले धन्यवाद ज्ञापन राखेको सो कार्यक्रमको संचालन महासचिव विरभद्र कडेलले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .