BREAKING NEWS

Wednesday, December 30, 2015

पोखरा विश्वविद्यालयमा चुनावी सगर्मी शुरु


लेखनाथ, १५ पौष
पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई यती वेला चुनावले छोएको छ । पोखरा विश्वविद्यालय कर्मचारी संघको पाँचौ राष्ट्रिय सम्मेलनमा यही पौष १८ गते शनिवार नयाँ कार्यसमितीको चयन हुने हुँदा कर्मचारीहरुलाई चुनावी माहोलले छोएको छ । १४५ जना कर्मचारी रहेको पोखरा विश्वविद्यालयमा तीन राजजितीक प्यानल भएर चुनावी मैदानमा उत्रिने संकेत देखीएको छ । काग्रेस सम्वद्ध प्रजातान्त्रिक कर्मचारी संघ,  एमाले सम्वद्ध प्रगतीशील कर्मचारी संगठन र एनेकमा माओवादी सम्वद्ध राष्ट्रिय कर्मचारी संगठन प्रत्यक्ष चुजावी भिडन्टमा उत्रिने संकेट देखीएको छ । हाल सम्म सहमती मै नेतृत्व चयन हुँदै आएको भएता पनी यस पटक भने आकाक्षीहरु धेरै देखीएकोले चुनाव नै हुन सक्ने धेरै कर्मचारीहरुले विश्लेशण गरेका छन् ।
  काग्रेस सम्वद्ध कर्मचारी स्रोतका अनुशार प्रजातन्त्रिक कर्मचारी संघमा धेरै जनाले अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएको हुनाले तत्काल उम्मेदवारको टुङ्गो लगाइसकेको छैन । त्यसै गरी अरु कर्मचारी संगठन भने पर्ख र हेरको अवस्थामा रहेका छन् । उनीहरुले प्रजातन्त्रवादी कर्मचारीहरुको उम्मेदवारको टुंगो लगाए पछी मात्र वैठक वसेर निर्णय गर्ने एमाले सम्वद्ध कर्मचारीले जानकारी दिएका छन् । त्यसै गरी एमाओवादी सवद्ध  कर्मचारीहरु पनी कसकसलाई नेतृत्वमा पठाउने भन्ने तयारीमा आन्तरीक रुपमा  लागी परेको जानकारी दिएका छन् ।
पाँचौ अधिवेसन कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपती प्रा चिरञ्जिवी शर्माले उद्घाटन गर्ने आयोजक समितीले जानकारी दिएका छन् । कर्मचारी संघको विधान २०६० अनुशार पाँचौ राष्ट्रिय सम्मेलन तयारी क्रममा संघले एक महिना अगाडी नै वैठक वसी अधिवक्ता फणिन्द्र कोइरालालाई निर्वाचन आयुक्तको जिम्मेवारी दिइसकेको संघका अध्यक्ष रविन्द्र वरालले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .