BREAKING NEWS

Sunday, December 13, 2015

‘धौली’को ट्रेलर दर्शकले रुचाए (भिडियो सहित )


पोखरा २६ मंसिर ।

गाउँले परिवेश, त्यस्तै लवज र चालढाल । करिब एक दशक अगाडिको जस्तो परिवेश लाग्छ । पात्रहरुले लगाउने पहिरन र शैलीले यो कुरा झल्काउँछ । यो प्रदर्शनोम्मुख फिल्म ‘धौली’को ट्रेलरमा देखिने कुराहरु हुन् ।

यी सबै कुराहरुसँगै ट्रेलरमा राखिएका चोटिला डाईलग यतिबेला हिट भएको छ । दर्शकले फिल्मको ट्रेलरलाई खुब रुचाएको यसको निर्माण पक्षले दाबी गरेको छ । यूट्युबमा पनि दर्शकहरुले ट्रेलरलाई निकै उत्कृष्ट प्रतिक्रिया दिईरहेका छन् । ‘आफ्नो परिवेश र शैली सबैलाई मन पर्ने कुरा हो ।’ फिल्म धौलीका निर्देशक घनश्याम लामिछानेले भने–‘ट्रेलरमा सबै कुरा समेट्न सकिँदैन । यो हिसाबले अहिले दर्शकबाट आईरहेको प्रतिक्रियाले फिल्म चल्छ भन्ने कुरामा हाम्रो टिम ढुक्क छ ।’

ट्रेलरभन्दा फिल्म अझै राम्रो भएको लामिछानेले बताए । ट्रेलरमा कान्छो चरित्र (विष्णु गौतम) र धौली चरित्र (गीता अधिकारी)बीचको सम्बादलाई दर्शकले बढि रुचाएका छन् । पुसको १० गतेदेखि मोफसलका शहर र १७ गतेदेखि काठमाण्डौका हलहरुमा लाग्ने यो फिल्मलाई वितरकहरुले पनि राम्रो व्यापार गर्न सक्ने भनेका छन् । काठमाण्डौमा पपकर्न र मोफसलमा एफडी कम्पनीले यो फिल्मको वितरण जिम्मा लिएको छ ।

त्यस्तै धौलीको गीत ‘भाँजो हाल्यो पिरतीले’ पनि यूट्युबमा दर्शकको राम्रो साथ पाएको छ । यो गीतलाई धेरैले राम्रो भनेर प्रतिक्रिया दिएका छन् । ईन्टरटेनमेन्ट ब्याण्डले बनाएको यो गीत सँगै फिल्ममा समावेश अन्य गीतको प्रतिक्रिया पनि राम्रो आएको निर्माणपक्षले जनाएको छ ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा करिब ६० लाख रुपैयाँ लगानीमा निर्माण भएको यो फिल्ममा दलित महिला र ब्राह्मण युवाबीचको प्रेम सम्बन्ध देखाउन खोजिएको छ । फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, शम्भु थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको कथा सन्तोषकुमार आत्रेयले लेखेका हुन् ।

शम्भु थापाको प्रस्तुतीमा बनेको यो फिल्ममा किरणकुमार आत्रेय नरबहादुर गोदार, सन्तोषकुमार आत्रेय लगाएतले लगानी गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .