BREAKING NEWS

Friday, December 4, 2015

लेखनाथमा बृहत रत्तदानको आयोजना गरिने

 लेखनाथ,१८मंसिर।
लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटिको आयोजना बुढिबजार बजार ब्यवस्थापन समितिले आगामी मंसिर २३गते बुधबार लेखनाथ नगर स्तरिय बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

पोखरामा देखिएको रगतको अभावलाई मध्य नजर राख्दै लेखनाथमा रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा लेखनाथ नगर पालिकाको बुढिबजारमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अशोक प्रसाद बरालले जानकारी दिएका छन्।

रक्तदान नै जिबन दान हो भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमलाई सफल पार्न क्लवका प्रथम उपाध्यक्ष मधुसुधन कोईरालाको संयोजकत्वमा विभिन्न तयारी उप समिति गठन गरि तयारीलाई तिव्र पारीएको क्लबका सचिव दिपक ज्योती ढुंगानाले जानकारी दिदै रक्तदान जस्तो पुन्य कार्यमा सहभागीता जनाउनका लागि सवैमा अनुरोध गरेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .