BREAKING NEWS

Tuesday, December 29, 2015

महोत्सवमा प्रम ओलीलाई प्रमुख अतिथीको निम्तो


दमौली, पुष १४

दमौलीमा हुने दोस्रो दमौली महोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा ल्याउने तयारी भईरहेको छ । आयोजकको टोलीले आज विहान ९ बजे प्रम ओलीलाई भट्ने कार्यक्रम रहेको आयोजकले बताए ।

पुष २४ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको प्रचारप्रसारको काम पनि तीव्र रुपमा अघि बढिरहेको महोत्सव प्रवक्ता तुल्सीराम  पाण्डेले जानकारी दिए । ‘कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोत्सव व्यवसाय प्रबद्र्धनको पूर्वाधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा करिब ५ करोडको कारोवार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा ७५ लाख आम्दानी र ४० लाख खर्च हुनुको साथै ३५ लाख बचत गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
महोत्सवमा २ सय स्टल रहनेछन् । जसमा खानाका २०, कृषिका १०, अटोमोवाइलका ८, व्यापारिक ५०, घरेलु हस्तकलाका ३०, बैंक तथा वित्तीय संस्थाका १४, दुग्धजन्य पदार्थको १४ स्टल रहनेछन् ।
महोत्सवको नाफाबाट दमौली बजारमा क्षति भएका सिसि क्यामराको पुनः जडानका साथै भादगाउँ, चापाघाट, झापुटार, गल्वुवेशी लगायतका ठाउँमा विस्तार गर्ने लक्ष्य राखिएको इकाई सभापति कृष्ण आचार्यले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .