BREAKING NEWS

Wednesday, December 9, 2015

एप्सद्धारा रकम हस्तान्तरण


लेखनाथ, २३ मसिर
पोखरा विश्वविद्यालय पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीहरुको छाता संस्था एप्सले च्यारिटी शोवाट संकलन गरेक रकम एक कार्यक्रम गरी वितरण गरेको छ । सस्थाका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमवाट साथी संसार नेपाललाई एघार हजार एक सय एघार रकम रहयोग गरेको छ । साथै सोही कार्यक्रममा नवनियुक्त डिन खेमराज जोशीलाई स्वागत समेत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी स्कूल अफ हेल्थ एण्ड साइन्सका डिन खेमराज जोशीवाट चेक हस्तान्तरण गरेका थिए । उनले विद्यार्थीहरुले गरेका कार्यक्रमको प्रशंशा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सस्थाकी सल्लाहकार रजनी केसी, लगाएत अन्य प्राध्यापकहरुले वोलेका थिए भने कार्यक्रम सञ्चालन सस्थाका सचिव शेखर पोख्रेलले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .