BREAKING NEWS

Sunday, December 27, 2015

कास्कीका तीन क्षेत्रमा खेलमैदान निर्माण गर्न ५५ लाख ,भण्डारढिकका लागी पाँच लाख


पोखरा १२ पुस । 
एक निर्वाचन क्षेत्र एक खेल मैदान अन्र्तगत कास्कीका चार निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागी बजेट निकासा भएको छ ।

कास्की क्षेत्र नम्वर एकको खेल मैदान निर्माणका लागी ५ लाख रुपैयाँ, क्षेत्र नम्वर ३ का लागी ४५ लाख र क्षेत्र नम्वर चारका लागी ५ लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदले निकासा दिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । एक निर्वाचन क्षेत्र एक खेल मैदान अन्र्तगत क्षेत्र नम्वर एकमा पर्ने लेखनाथस्थित भण्डारढिक खेल मैदानको लागी उत्त रकम खर्च गरिने भएको छ ।

भण्डारढिकमा रहेको आर्दश युवा क्लब मार्फत उक्त रकम खेल मैदानको लागी खर्च गरिने भएको हो । रकम निकासा भएपछि आइतबार भण्डारढिकस्थित खेल मैदानको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल लगायतको टोलीले आइतबार निरक्षण समेत गरेको छ ।

निरिक्षण गदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले उक्त खेल मैदानको विकासका लागी क्षेत्र र जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने बताउदै बृहत्तर गुरु योजना निर्माण गरेर अगाडि बढन सके आगामी वर्षपनि बजेट ल्यान सकिने बताए । उनले अहिले आएको रकम सानो भएको बताउदै आर्दश क्बले गरेको कामलाई हौसलामात्रै थपेको बताउदै गुरु योजना बनाएर अगाडि बढन सके थप बजेट ल्याउन सकिने बताए । एक निर्वाचन एक खेल मैदान अन्र्तगत उक्त मैदानलाई अगाडि बढाउन सके पोखरामा आयोजना हुने अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रशिक्षण मैदान बनाउन सकिने समेत बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले परिषद् मार्फत आएको बजेटलाई सदुपयोग गर्नसके आगामी दिनमा थप बजेट ल्याउन सहज हुने बताए । आर्दश क्लबले विगतदेखिनै खेलकुद प्रतियोगिता आयोजना गदै आएका कारण भण्डारढिकलाई नै निर्वाचन क्षेत्र मैदानका रुपमा विकास गर्न खोजिएको बताए । उक्त मैदानलाई ब्यवस्थित गर्न सके पोखरा रगंशालाको बैकल्पिक रंगशाला बन्न सक्ने बताए ।

आर्दश क्लब अध्यक्ष लक्ष्य भण्डारीले भण्डारढिक खेल मैदानको लागी पहिलो खेलकुद परिषद् मार्फत बजेट आाएको बताए । उनले विजयपुरपारी पहिलो पटक खेलकुद विकास समितिहरुले चासो राखेर बजेट निकास हुदा भण्डारढिक प्रस्ताविम मात्रै हैन्, साच्चै रंगशाला बन्ने आशा पलाएको बताए । उनले उक्त पाँच लाखबाट प्रशिक्षण हल निर्माण गर्ने गरि योजना निर्माण गरिने बताए । उनले प्रशिक्षण हल निर्माणका लागी नपुग रकम क्लब आफैले ब्यवस्था गर्ने जानकारी समेत दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .