BREAKING NEWS

Sunday, December 20, 2015

१४ औं आहा ! रारा गोल्डका लागि विभिन्न उपसमिति गठन




पोखरा ५ पुस । १४ औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता सफलपार्न विभिन्न उपसमिति गठन भएको छ । “खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं “भन्ने नाराका साथ आउदो माघ ५ गते देखि १६ गतेसम्म पोखरा रंङ्गशालामा संञ्चालन हुने प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन भएको क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशबबहादुर थापाले बताए ।

विभिन्न उपसमितिहरुमा अर्थ संकलन उपसमितिमा संयोजक मानार्थ सदस्य प्रकाश शेरचन, सहसंयोजकमा कोषाध्यक्ष बिश्वराज बराल, उपसंयोजक दिलिपराज श्रेष्ठ, प्रचारप्रसार उपसमितिमा सल्लाहकार नारायण कार्की, सहसंयोजक सुरेन्द्र बहादुर थापा,उपसंयोजक सुदर्शन रञ्जित, शान्ति सुरक्षा उपसमितिमा सल्लाहकार खेम बहादुर गुरुङ्ग, सहसंयोजक हरीराम गुरुङ्ग, उपसंयोजक सुनिल गुरुङ्ग, खेल मैदान पूर्वाधार निर्माण एंव ग्राउण्ड व्यवस्थापन उपसमिति मानार्थ सदस्य महेश गुरुङ्ग, सहसंयोजक पूर्व उपाध्यक्ष रामजी कार्की, उपसंयोजक बिश्व तण्डुकार, आवास व्यवस्थापन उपसमिति संयोजक सल्लाहकार गणेश बहादुर भट्टराई सहसंयोजक नवराज अधिकारी, उपसंयोजक तिलक क्षेत्री, सहभागी टिम सम्र्पक उपसमिति संयोजक सल्लाहकार शम्भु कार्की, सहसंयोजक लिलबहादुर थापा, उपसंयोजक सोम बहादुर जोशी,अतिथि सत्कार एवं स्वागत उपसमिति संयोजकपूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार सभापति विक्रम थकाली रहेका छन् ।

त्यसै गरी सहसंयोजक मन बहादुर क्षेत्री (काजी) उपसंयोजक रोजिना गुरुङ्ग,आयोजक टीम तयारी उपसमिति संयोजक सल्लाहकार टिका कार्की,सहसंयोजक राजकुमार गुरुङ्ग, उपसंयोजक प्रल्हाद हिराचन, मञ्च व्यवस्थापन उपसमिति संयोजक कृष्ण बहादुर थापा, सहसंयोजक बिनु राना, उपसंयोजक मिन गुरुङ्ग, अनुशासन एवँ प्राविधिकमा संयोजक सल्लाहकार आनन्द रञ्जित(केशब), स्वास्थ्य एवं प्राथमिक उपचार उपसमिति डा.नारायण गौतम , सहसंयोजक संस्थापक सचिब पूर्ण बहादुर गुरुङ्ग, उपसंयोजक डा.रविन्द्र प्रसाद श्रेष्ठ, लियाजन क्षेत्र उपसमिति संयोजक सल्लाहकार तेज बहादुर गुरुङ्ग सहसंयोजक देवी रिमाल, उपसंयोजक रामजी अधिकारी, शिल्ड मेडल ट्रफी तथा प्रमाणपत्र व्यवस्थापन उपसमिति संयोजक सल्लाहकार सहारा यु.के.अध्यक्ष दिलिपकुमार गुरुङ्ग, सहसंयोजक पूर्ण बहादुर गुरुङ्ग, उपसंयोजक गोपाल के.सि.,यातयात व्यवस्थापन उपसमिति संयोजक ऐन कुमार शाही, सहसंयोजक रविनकुमार श्रेष्ठ, उपसंयोजक सोम बहादुर जोशी र स्वयंमसेवक परिचालन उपसमितिमा संस्थापक अध्यक्ष बसन्त थकाली सहसंयोजक चित्रबहादुर पुन उपसंयोजक देवी रिमाल रहेका छन । विभिन्न उपसमितिमा क्लबका आजिवन सदस्य, साधारण सदस्य समेत नियुक्तगरि जिम्मेवारीको बाँडफाँड गरिएको अध्यक्ष विरभद्र आचार्यले बताए ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उपप्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद परिषद/ अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुदविकास समिति/जिल्ला खेलकुदविकास समितिकास्की/एन्फा,कास्की/ सहारा यु.के./ सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभादुध,अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल,नमस्ते एजुकेशन,वेष्ट अफफाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एलजि.टि.भी.सानमिगेल,नमस्ते एजुकेशन समेतको सहयोगमा प्रतियोगिता संञ्चालन हुने भएको हो ।

नेपालका ए डिभिजनका क्लब, विभागिय टिम, लिग विजेताथ्री स्टार,मनाङ्ग मस्याँङ्गदी लगायतविभिन्न १२ टीमहरु सहभागी हुने प्रतियोगिताबाट बचत हुन आउने रकमसहारा एकेडेमीमा खर्चीने भएको छ । क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जनाबालकहरुलाई निशुल्क शिक्षादिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषणमा क्लवले गर्दै आएको छ । हाल संरक्षितबालकहरु क्लबद्धारा निर्मित सुविधासम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .