BREAKING NEWS

Monday, December 28, 2015

लेखनाथ जयन्तीको पहिलो दिन प्रतिमा सरसफाई


लेखनाथ,१३ पुस।

कविशिरोमणि लेखनाथ पौड्यालको १३२औ जन्म जयन्तीको पहिलो दिन कविको प्रतिमा रहेको अर्घौ चोक बरपर सरसफाई तथा रङरोगन गर्ने काम सम्पन्न भएको छ।
  
त्रिदिवसिय लेखनाथ जयन्ति अन्तरगतको पहिलो दिन स्थानीय ब्यवसायी,लेखनाथ जेसिज,सृजना बहिरा उच्च माविका विद्यार्थीहरु,लेखनाथ नगरपालिकाका कर्माचारी,राजनितिक पाटीका प्रतिनिधी,लेखनाथ साहित्य प्रतिष्ठान र कविशिरोमणि जन्मस्थल विकास समितिका पदाधिकारीहरु लगाएतको सहभागीतामा प्रतिमा र त्यस बरपर सरसफाई गरिएको हो।

हरेक वर्ष जस्तै यस वर्ष पनि लेखनाथ नगरपालिकाको समायोजन कविशिरोमणि जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा स्थानीय सामाजीक संघ सस्थाको सहकार्यमा कविशिरोमणिको सम्झनामा त्रदिवसिय जन्मजयन्ती मनाउन लागेको छ।

जस अन्तरगत जन्मजयन्तीको दोस्रो दिन पुस १४ गते लेखनाथ लायन्स क्लबको संयोजनमा खुल्ला विद्यालय स्तरिय कविता लेखन तथा बाचन प्रतियोगीताको आयोजना गरिएको छ भने पुस १५ गते कविको जन्मस्थल अर्घौ अर्चललेमा मुल समारोहको आयोजना गरिने कविशिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विष्वप्रकास लामिछानेले जानकारी दिएका छन्।

यसै गरि मुल समारोहको उद्घाटन कार्यक्रममा नेपाल सरकारका मुख्य सचिब डाक्टर सोमलाल सुबेदीको उपस्थीतिमा लेखनाथ साहित्य पुरस्कार र कुन्तिदेवि शिक्षा पुरस्कार वितरण गरिने भएको छ।

लेखनाथ साहित्य प्रतिष्ठानद्धारा स्थापित लेखनाथ साहित्य पुरस्कार २०७२बाट कवि मुकुण्द शरण उपाध्याय सम्मानीत हुदै छन् भने कुन्तीदेवि शिक्षा पुरस्कार अमरशिद्ध नमुना उच्च माविकी छात्रा उषा सुबेदीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .