BREAKING NEWS

Tuesday, December 29, 2015

लेखनाथ महोत्सवको १२ औ सस्करण फागुन पहिलो साता


पौष १४, कास्की
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोग र सहभागितामा लेखनाथ महोत्सवको १२ औ सस्करण फागुन पहिलो साता संचालन हुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा लेखनाथ महोत्सव २०७२ सम्वन्धि छलफल कार्यक्रम मंगलबार आयोजना गरियो ।
अध्यक्ष त्रिपाठीले अव केहि दिनमा नै लेखनाथ महोत्सव २०७२ को मिति र स्थान घोषणा गरिने बताउनुहुदैं सवैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
विगत २०६१ साल देखि निरन्तर रुपमा संचालन हुदैं आएको लेखनाथ महोत्सव यस वर्ष देशको असहज वातावरण र विषम परिस्थितिका कारण पहिले तोकिएको निर्धारित समय तालिकामा सम्पन्न गर्न नसके पनि अवका दिनहरु केहि सहज हुदैं आईरहेकाले फागुनको पहिलो सातामा महोत्सव गर्न सकिने धारणा राख्नुभएको थियो
कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी, लेखनाथ उ.वा.संघका निवर्तमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य सुमन भट्टराई, नगर स्तरिय राजनैतिक पार्टिका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्था, आमा समूह, युवा क्लव लगायतका स्थानीय संघ संस्थाहरुले लेखनाथको पहिचानको रुपमा रहेको लेखनाथ महोत्सव आयोजना गर्नु पर्ने र महोत्सवको तयारीका लागि आ आफ्नो स्थानवाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा महासचिव छत्रधर आत्रेयले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .