BREAKING NEWS

Saturday, November 14, 2015

पेरिसमा आतंकबादी आक्रमण , अन्धाधुन्द गोली प्रहार र विस्फोट, १२० भन्दा बढीको मृत्यु (फोटो फिचर)


एजेन्सी २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको गोली प्रहार र विस्फोटमा एक सय २० को मत्यु भएको छ । घटना लगतै फ्रास्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ ।
पुलिसका अनुसार मध्य पेरिसको बालिक्यान कनसर्ट हलमा मात्र १०० भन्दा बढीको मृत्यु भएको छ । पेरिसको नेशनल स्टेडियम बाहिर पनि विस्फोट भएको छ ।
विस्फोट आत्मघाती हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको समयमा भित्र स्टेडियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल भइरहेको थियो । खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए ।
विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ । आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।

अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सामाजिक सञ्जालमा पेरिस आक्रमणको प्रसंसा गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति फाँस्वा होल्यान्डले राष्ट्रको नाममा सन्देश दिंदै आपतकाल घोषणा गरेका छन् । फ्रान्सका सबै सिमा सील गरिएको छ । राजधानी पेरिसबासीलाई घरबाहिन निस्कन रोक लगाइएको छ । स्थानीय प्रहरीको सहयोगका लागि सेनालाई पनि तयार रहन निर्देशन दिइएको छ ।
राष्ट्रपति फाँस्वा होल्यान्डले जी-२० सम्मेलनका लागि टर्की जाने कार्यक्रम रद्ध गरेका छन् । कुनै पनि समूहले घटनाको जिम्मेवारी अहिलेसम्म नलिएको बीबीसीले जनाएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेटले सामाजिक सञ्जालमा घटनाको तारिफ गरेको छ ।
राष्ट्रिय रंगशालामा फ्रान्स र जर्मनीबीचको खेल भइरहँदा विष्फोट भएको थियो । त्यहाँ तीन जनाको मृत्यु भएको छ । खेल हेर्न राष्ट्रपति पनि रंगशालामै थिए । तर उनी सुरक्षित छन् ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .