BREAKING NEWS

Tuesday, November 24, 2015

आन्दोलनकारी र गाउँले मिलेर चौकी पुनस्थापना गराए


- शिव पुरी, रंगपुर(रौतहट)
मंसिर ८, २०७२- आन्दोलनतर मधेसी मोर्चा र थारु आन्दोलनकारीले आगजनी पछि बिस्थापित यहाँको एक प्रहरी चौकी मंगलबार तिनै आन्दोलनकारीले पुनस्थापन गराएका छन् । उनीहरुले चौकीभित्र सरसफाई देखी सारा ब्यवस्थापन गरी सुरक्षाकर्मिलाई पुनस्थापन गराएका हुन् । त्यसक्रममा ठुलो सँख्यामा गाउँलेको उपस्थिति थियो ।
रंगपुर गाबिसमा रहेको रंगपुर प्रहरी चौकीमा मोर्चा र थारु अनन्दोलनकारीले आक्रमण पछि आगजनी गरेकाले त्यहाँ तैनाथ सुरक्षाकर्मी बिस्थापित भएका थिए । तिनै थारु कल्याणकारीणि सभाका जिल्ला अध्यक्ष रामाआश्रय चौधरी सहितका अन्दोलनकारी र गाउँले मिलेर चौकी पुनस्थापन गरेका हुन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी मनोजकुमार यादब आफ्ना सुरक्षाकर्मी लिएर बिहान चौकी गएका थिए । उनले त्यहा खटिने चौकी ईन्चार्ज असई श्यामबहादुर तामाङ्गलाई चोरी तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम राख्दै उच्च मनोबलका साथ काम गर्न तथा स्थानियको समेत सहयोग लिन निर्देशन दिएका थिए ।
गत असोज ५ गते थरु र मोर्चाले गाउँमा मसाल जुलुस गर्ने क्रममा चौकीमा आगजनी गरेको थियो । त्यसको लगत्तै त्यहाँबाट सुरक्षाकर्मिहरु नजजिको चौकीमा संगठित भएर बसेका थिए । आगजनीबाट कार्यालयको २ वटा मोटरसाईकल समेत जलेको थियो । गाउँमा सुरक्षाकर्मी नहुँदा चोरी तस्करी र राष्ट्रियबनबाट अबैध सालको काठ तस्कर समेत बढेको स्थानीयले बताए । केही आपराधिक गतिबिधि समेत हुने सम्भावना बढ्यो थारु नेता चौधरीले भने, त्यस पछि सुरक्षाकर्मिको अभाव महसुस गर्दै पुनस्थापनमा सघाएका हौ । काठ तस्करले उक्त चौकीको बाटो भएर काचो सालको गोलीया लैजाने गरेको छ । चौकीबाट सुरक्षाकर्मी हटेपछि चौधरीकै पहलमा गाउँमा २७ सदस्यि सुरक्षासमिति समेत गठन गरेको थियो । बिहान खाली चौकीमा टोली पुग्नु अगावै गाउँलेहरु भेला भईसकेको थिए । डिएसपि यादव सहित संचारकर्मी पुगे पछि थारु आन्दोलनका अगुवा चौधरी र अन्य गाउँले चौकी सरसफाईमा जुटेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी प्रधुम्न कार्कीले रंगपुरको चौकी पुनस्थापनमा जोड दिएपछि गाउँले समेतको सहयोगमा सुरक्षाकर्मीलाई बस्ने वातावरण बनेको हो । उनीहरुले चौकी पुनस्थापना पछि निरन्तर सहयोगको लिखितै प्रतिबद्धता जनाएका छन् । चौकीमा असईको कमाण्डमा ८ सुरक्षाकर्मीले बिहानबाट मोर्चा सम्हालेको डिएसपी यादवले जनाए ।
संघियता, सिमाकंन र अधिकारबाट बञ्चित सविधानको बिरोधमा उत्रेका आन्दोलनकारीले जिल्लाभरीका प्रहरी चौकीलाई निशाना बनाए पछि केही समय २ दजर्न चौकीहरु ईलाकामा मर्च भएको थियो । सबै प्रहरी आफै गएर चौकीमा बसे पनि आन्दोलनकारी आफैले पुनस्थापन गरेको यो पहिलो घट्ना हो । उनीहरूले संविधानमा थारु र मधेसी समुदायले आफनो आकांक्षा र चाहना प्रतिविम्बित भएको देख्न चाहेको बताएका छन् । थारु र मधेशीले आफूले चाहे अनुसारको माग पूरा नभएको भन्दै असन्तुष्टि जाहेर गरेर आन्दोलन चर्काईरहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .