BREAKING NEWS

Saturday, November 7, 2015

फेवातालमा डुवेर प्याराग्लाईडिङ पाईलटकोे मृत्यु , समयमै उद्धार नहुदा ज्यान गयो

गोकुल बानियाँ, पोखरा २१ कार्तिक । पोखराको आकाशमा प्याराग्लाईडिङ गर्ने क्रममा एक जना पाईलटको मृत्यु भएको छ । प्याराग्लाईडिङ उडान भर्दै गरेका काठमाण्डौका २६ बर्षिय सुनिल भट्टराईको फेवातालमा खसेर ज्यान गएको हो ।
सराङकोटबाट उडान भरेको झण्डै १५ मिनेटमा एक्कासी तालमा खसेका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उडानको क्रममा दिउसो करिब पौने २ बजे उनि तालमा खसेका थिए । पानीमा पौडिन नजान्ने उनको उद्धारमा ढिलाई हुदा ज्यान गएको स्रोतले बतायो ।
पोखरा प्याराग्लाईडिङ कम्पनीमा आबद्ध उनी सोलो पाईलट हुन् । पोखराको आकाशमा अहिलेसम्म दुर्घटनामा परेका प्याराग्लाईडरहरु सबै सोलो अर्थात् एकल उडान भर्नेहरु छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .