BREAKING NEWS

Saturday, November 14, 2015

म्याग्दीमा बस दुर्घटना, ३ को मृत्यु, ६० घाइते


म्याग्दी २८ कात्तिक । म्याग्दीको थामडाँडामा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ ।
बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा शनिबार बिहान पौने ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा दुई बालक र १९ वर्षीया एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विमल उपाध्यायले जानकारी दिए । मृतकको सनाखत भएको छैन ।
शवलाई जिल्ला अस्पतालमा राखिएको छ । गम्भीर अवस्थाका केही घाइतेहरुलाई पोखराका अस्पतालमा रिफर गरिएको छ । यात्रुले खचाखच बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार बसको छतमा पनि यात्रुहरु बसेका थिए । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल सदरमुकाम बेनीबजारबाट करिव एक घन्टा टाढा पर्दछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .