BREAKING NEWS

Sunday, November 22, 2015

औषधि पाइएन ? स्वाथ्य मन्त्रालयमा फोन गर्नुस्

६ मंसिर, काठमाडौं । के तपाईंले कुनै औषधि बजारमा जति खोज्दा पनि पाउनु भएन ? त्यसो हो भने तुरुन्त स्वास्थ्य मन्त्रालय सम्पर्क गर्नुस् । 

मन्त्रालयले तपाईंका लागि आवश्यक औषधि उपलब्ध गराउन सहयोग गर्न सक्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा औषधिजन्य सामाग्रीको अभाव सम्बन्धी गुनासो सुन्न हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।
र, टोल फ्रि नम्बर १६६०१-३३४४४ सुरु गरेको छ । यो नम्बर फोन गरेर सर्वसाधरणले औषधि अभाव सम्बन्धी गुनासा टिपाउन सक्ने मन्त्रालयले जनाएको छ ।
हेल्प डेस्कमा बिरामी, सर्वसाधारण र स्वास्थ्य संस्थाहरुले कुनै औषधिको अभाव भएमा खबर गर्न सक्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अनलाइनखबरलार्इ जानकारी दिए ।
हेल्प डेस्कमा आउने सूचनाका आधारमा मन्त्रालयले औषधिको व्यवस्थापन गर्नेछ । औषधिको अभावबारे अध्ययन गर्न मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर गुणचन्द्र लोहनीको संयोजकत्वमा एक समिति पनि बनाइएको छ ।
भारतीय नाकाबन्दी र तराईको बन्दले बजारमा विभिन्न प्रकारका औषधिको अभाव छ । विभिन्न सरकारी स्वास्थ्य संस्थाले औषधि सकिएको भन्दै मन्त्रालयमा लिखित जानकारी दिएको सह-सचिब नेपालले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .