BREAKING NEWS

Thursday, November 12, 2015

नवजात शिशुको हत्या अभियोगमा प्रेमी प्रेमिका पक्राउ


दुर्गाप्रसाद शर्मा, पर्वत, २६ कात्तिक । 
अबैध गर्भधारण पछि जन्मेको शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले प्रेमी र प्रेमिकालाई पक्रेको छ ।
पर्वतको नाङ्गलीबाङ्ग गाउँ बिकास समिति –४ की १८ बर्षिया संगीता रेग्मी र बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखाका १९ बर्षिय मनोज बोहोरलाई प्रहरीले पक्रेको हो । 
संगीता रेग्मीले मनोज बोहराको अबैध गर्भधारण गरी जन्मेको नवाजात शिशुलाई हत्या गरि खाल्डोमा गाडेको प्रहरीले जनाएको छ । रेग्मीले नाङ्गलीबाङ्ग ४ स्थित घर नजिकै धारोमा कार्तिक २१ गते जन्मदिई नजिकैको बारीमा धाँजा फाटेको ठाउँमा फालेको प्रहरीले जनाएको छ । शिशुको शब काग गिद्धले बाहिर निकालेपछि वेवारिसे अवस्थामा भेटिएपछि स्थानियले कार्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए ।
बागलुङ्गमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको प्रेम सम्बन्ध रहँदै आएको बुझिएको छ । प्रहरीले संगीतालाई नाङ्गलीबाङ्ग स्थित घरबाट हिजो साँझ पक्रेको थियो भने बोहरालाई आज बिहान बागलुट हिजो साँझ पक्रेको थियो भने बोहरालाई आज बिहान बागलुङ्गबाट पक्रेको हो । प्रक्राउ परेकालाई शिशु हत्या गरेको अभियोगमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Via: Samachar Pati

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .