BREAKING NEWS

Thursday, November 26, 2015

लेखनाथ नगरपालिकामा ८ महिना देखी नक्सा पास राेकियाे, जनतालार्इ सास्ती



२०७२ मंसिर १० गते, लेखनाथ
नगरपालिकाकाे गैरजिम्वारीका कारण लेखनाथ नगरपालिकाका जनताले नक्सापासका लागि बिगत ८ महिनादेखी सास्ती खेप्नु परेकाे छ ।  बैशाख १२ मा गएकाे बिनासकारी भूकम्पकाे ८ महिना बितिसक्दा पनि नगरपालिकाले भवन निर्माण नक्सा पासकाे तयारी नगर्दा स्वयं भुकम्पबाट बिस्थापित भएका नगरबासीले समेत सास्ती खेप्नु परेकाे हाे ।
नयाँ भवन निर्माणकाे स्विकृती नदिदा भुकम्पबाट प्रभावित  नगरवासीले कष्टकर जीवन बिताउनु परेकाे छ । गत भदाै २० गते बिशेष नगरपरिषदबाट नक्सापास कार्यबिधी २०७२ पारित गरेपछि तत्काल भवन निर्माणकाे स्विकृती दिनु पर्नेमा अहिलेसम्म तयारी नपुगेकाे भन्दै राेकेकाे छ ।
नक्सापास कार्यविधी र भवन निर्माण अाचार संहिता अनुरुप भवन निर्माणकाे स्विकृती दिने हाे भने पनि अझै २ महिना लाग्ने नगरपालिका कर्मचारी श्राेतले बतायाे । तयारी केही पनि छैन, ति कर्मचारीले भने- “निर्माण व्यवसायी र मजदुरलाइ तालिम र इजाजतकाे ब्यवस्था गर्दैमा २ महिना लाग्छ हाेला ।”
नक्सापास कार्यविधी अनुसार नयाँ भबन निर्माण कार्य निकै जटिल देखिन्छ । भवन निर्माणका लागि जग्गाकाे क्षेत्रफल, नक्सा डिजाइन, इन्जिनियरकाे ब्यवस्था, भबन निर्माण स्थलमा बाेर्ड राख्नु पर्ने, ३० प्रतिशत जग्गा खाली राख्नु पर्ने, भवन निर्माण अाचार संहिता अनुसार डण्डीकाे प्रयाेग लगायतका जटिलताहरु रहेका छन् । त्यही अनुरुप प्राबिधिक, निर्माण व्यवसायी र मजदुरलार्इ तालिम दिनु पर्ने देखिन्छ । यि काम भदाै २० काे बिशेष नगरपरिषद लगतै गरेकाे भए अहिले सकिन्थ्याे । तर यतिबेला नगरपालिकाका कर्मचारीहरु न्यूनतम शर्त तथा कार्यसम्पादन मापनकाे तयारी, २२ अाै नगरपरिषदकाे तयारीमा लाग्नु पर्ने भएकाले पुस अघि नक्सा पास खुल्ने कम संभावना रहेकाे बताइएकाे छ ।
यसैबिच विनासकारी भुकम्प पछि रोकीएको भबन निर्माण तत्काल शुरु गर्न बिहिबार लेखनाथका दुर्इ संस्थाले नगरपालिकाकाे ध्यानाकर्षण गराएका छन् । लेखनाथ हाडवयर एशाेसियशन र निर्माण ब्यवसायी समितिले भवन निर्माण राेकिदा अाफुहरुमा परेकाे असरका बिषयमा कार्यकारी अधिकृतलाइ जानकारी गराएका थिए । निर्माण व्यवसायी समितीका अध्यक्ष किशान सिंह गुरुङले भवन निर्माण कार्य राेकिदा हजारै मजदुरकाे राेजी राेटी खाेसिएकाे बताएका थिए । हाडवयर एशाेसियशनका अध्यक्ष ऋषीराम भण्डारीले अाफुहरुले ब्याजमा ऋण लिएर गरेकाे ब्यवसाय चाैपट भएकाे र ब्याज समेत तिर्न नसकेकाे बताएका थिए । दुवै समितिका पदाधिकारीहरुले विहिवार लेखनाथ नगरपालिकका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीको कार्यकक्षमा पुगी लिखित र मौखिक रुपमा भवन नक्सापास खुलाउनका लागि अनुरोध गरेका हुन्। छुटा छुटै रुपमा पुगेका ब्यवसायीहरुलाई कार्यकारी अधिकृत भण्डारीले नेपाल सरकारकाे नीति अनुरुप भवन निर्माण अाचार संहिता लागु गरी  नक्सापासको सिफारिस खुलाउने तयारीमा रहेको बताएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .