BREAKING NEWS

Wednesday, November 25, 2015

लायन्स गोल्डेन सोसाईटीद्धारा गोडमेल


मंसिर ८, पोखरा
लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीद्धारा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाता भित्र रहेका बिरुवाहरुको गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगत पोखरा स्थित लायन्स क्लबहरुले सयुक्त रुपमा गत जुलाई महिनामा अस्पताल हाता भित्र गरिएको बृक्षारोपणको लायन्स क्लब
अफ पोखरा गोल्डेन सोसाईटीले बुधवार गोडमेल कार्यक्रम सम्पन्न गरेको हो ।

गोडमेल कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक गर्भनर धुर्व बहादुर थापाले बिरुवा रोप्नु मात्र नभई गोडमेल गरी बिरुवाको संरक्षण कार्य ठुलो रहेको बताए । यस कार्यमा डिष्ट्रिकको नयाँ महिला मात्रको क्लबको रुपमा रहेको गोल्डेन सोसाईटीद्धारा बिरुवा गोडमेल कार्यमा अग्रसरता देखाई सराह्निय कार्य गरेको बताए ।कार्यक्रममा एरिया चिफ को–अर्डिनेटर तिर्थलाल श्रेष्ठ, डिष्ट्रिक एड्भाईजर दिनबन्धु पौडेल, ट्री प्लान्टेशन कमिति चेयरपर्सन तिर्थ बहादुर बस्नेत, ब्लड डोनेशन कमिति चेयरपर्सन किशोर बराल, रिजन चेयरपर्सन गौरवराज भण्डारी, जोन चेयरपर्सनद्धय चुडामणी बराल र कृष्ण बहादुर अधिकारी, लायन्स क्लब अफ पोखरा
गोल्डेन चौतारीका अध्यक्ष राजेश्वर आचार्य, पिस सिटीका अध्यक्ष टंकराज अधिकारी लगाएतले गोल्डेन सोसाईटीद्धारा गरिएको कार्यको प्रसंसा गरेका थिए ।

क्लबका अध्यक्ष सीता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष बिष्णु पराजुलीले स्वागत मन्तब्य र कार्यक्रम संचालन सचिव भवानी अधिकारी बरालले गरेका थिए ।

 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .