BREAKING NEWS

Monday, November 16, 2015

लेखनाथ नगरपालिकाको सामाजीक परिक्षण,लक्ष्य तर्फ उन्मुख


भीमपाणी बराल
लेखनाथ,३० कार्तीक।
लेखनाथ नगरपालिकाले बार्षिक रुपमा गर्दै आएका विकास निर्माण देखि सेबामुखि कामहरु लक्ष्य तर्फ उन्मुख भएको तथ्याङ सार्वजानिक गरिएको छ।
नगरपालिकाले गत आर्थीक वर्षमा गरेका कामहरुको समिक्षा र सुधार गर्नु पर्ने विषयहरुका बारेमा सोमवार राखिएको सार्वजानिक सुनाईमा बिकास निर्माणका काम र नगरपालिकाको तर्फबाट प्रदान गरिएका सेवाहरु लक्ष्य अनुरुप नै अगाडी वढेको बताईएको छ।
नगरबासीलाई नगर पालिकाको तर्फबाट दिदै आएका सेबाहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा गरेका वर्ष गरिने सामाजीक परिक्षण अन्तरगत यस बर्षको सामाजीक परिक्षणबाट पनि उत्साहाजनक उपलब्धी भएको तथ्याङ प्रस्तुस्त गरिएको थियो।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमा सामाजीक परिक्षक कुष्ण कुमार लामिछाने र विदुर प्रसाद कोईरालाले संकलन गरेको प्रगति विबरण सार्बजानीक गर्दै आगामी आर्थीक वर्षका लागि जनस्तरबाट आएका सुझावलाई लिपिबद्ध गरि प्रस्तुत गरेका थिए।
नगर स्तरीय राजनितीक पाटीका प्रतिनिधी,सामाजीक संघ सस्थाका तथा नागरिक समाजका प्रतिनिधीहरुको उपस्थीतिमा भएको सो कार्यक्रमको संचालन गाउ नगर साझेदारी साखाका प्रमुख रविन्द्र अधिकारीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .